डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।

सारांश

  • काँग्रेस सभापति शेरबहादुर देउवाका लागि आगामी निर्वाचन पेचिलो हुने सम्भावना छ ।
  • पहिलो र दोस्रो संविधानसभामा देउवाले माओवादी नेता खगराज भट्टलाई पराजित गरेका थिए ।
  • यसपाली बाम गठबन्धन बनेपछि देउवाको चुनौति बढेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाका लागि आगामी निर्वाचन पेचिलो हुने सम्भावना छ । पहिलो र दोस्रो संविधानसभामा देउवाले माओवादी नेता खगराज भट्टलाई पराजित गरेका थिए । यसपाली बाम गठबन्धन बनेपछि देउवाको चुनौति बढेको छ ।

एकातिर जिल्लामा काँग्रेसभित्रै देखिएको अन्तरविरोध र अर्कोतिर बामगठबन्धन बनेपछि उनका लागि चुनौति थपिदिएको हो । प्रधानमन्त्री देउवाको गृह जिल्लाबाट काँग्रेसले केन्द्रीय समितिलाई दुईवटा उम्मेदवारको सूची सिफारिस गरेका छन् ।

दुवै गुटबाट करिब दर्जनभन्दा बढी नेतालाई गुटका आधारमा सिफारिस गरिए पनि प्रतिनिधिसभाका लागि भने दुवै गुटले प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउावको नाम मात्र सिफारिस गरेको जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मान्ने हो भने पनि देउवाका लागि चुनौति देखिएको छ । केन्द्रका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । यसरी हेर्दा सम्पूर्ण मत एक निर्वाचन क्षेत्रमा पर्नेछ । प्रदेशसभाका लागि भने दुई वटा निर्वाचन क्षेत्र छन् ।

अब स्थानीय तहमा पाएको मत हेरौँ जसले देउवामाथि थपेको दबाबको संकेत गर्छ। सात वटा स्थानीय तह काँग्रेसले कुल मत १९ हजार पाँच सय २३ मत पाएको छ । एमालेलाई १६ हजार नौ सय १५ मत प्राप्त भएको थियो । माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत पाएको छ । नयाँ शक्तिलाई भने ९३ मत मात्र प्राप्त भएको छ ।

यसरी हेर्दा गठबन्धनको पक्षमा २७ हजार ९ सय ५३ मत छन् । यो मत काँग्रेसले स्थानीय तहमा पाएको मत भन्दा ८ हजार ४ सय ३० मत बढी छ । यही मत अन्तर देउवाका लागि चुनावमा चुनौति बन्न सक्छ । केन्द्र र प्रदेशका लागि डडेल्धुरा ८१ हजार सात सय २३ मतदाता छन् । यहाँ दोस्रो चरणमा २१ गते चुनाव हुँदैछ ।

अर्कोतिर काँग्रेसको अन्तरविरोध पनि अगाडि उस्तै छ । गत दुवै गुटका बसेका बैठक तथा छलफलले उम्मेदवारको नाम पनि छुट्टै सिफारिस गरेका छन् । डडेल्धुरा काँग्रेसका पूर्व सभापति भट्ट र वर्तमान सभापति कर्ण मल्ल प्यानलका नेताले प्रदेशसभाका लागि सिफारिस गरेका हुन् ।

क्षेत्र २ का लागि रघु गुटले शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट मोहनराज भान बहादुर देउवा र भोजराज भट्टलाई सिफारिस गरेका छन् भने कर्ण गुटले तारक सिफारिस गरेका छन् । समानुपातिक उम्मेदवारका लागि भने भट्ट गुटबाट २२ जना र मल्ल गुटबाट ३० जना नेतालाई सिफारिस गरेका छन् ।
दुवै गुटका नेताले आफू नै आधिकारिक काँग्रेस भएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?