नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
३५ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो

सारांश

  • काठमाडौँ ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि हिरासतमा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ आज सकिएको छ ।
  • उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि हिरासतमा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ आज सकिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको स्रोतले जानकारी दिएको छ ।

आज बिहीबारको पेसीमा निलम्बित सचिव टेक नारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको हो ।

हिरासतमा नै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले उच्च अदालत पाटन पुगेका निवेदन दिएका थिए । कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी लगायतको निवेदन भने पेसीमा चढेको छैन । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग माग गरेको कैफियत प्रतिवेदन नआइपुगेको कारण उनीहरुको निवेदन भने पेसीमा नचढेको हो ।

(bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ