हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ २४ ।
  • जेष्ठ सदस्यका हैसियतले प्रदेशसभा चलाईरहेका हेटौंडा उपमहानगरपालिकालाई विकास र समृद्धिको नयाँ स्वरुप दिन सफल २०४८ साल र २०५४ का पूर्वमेयर एवंम् वर्तमान प्रदेश सांसद डोरमणी पौडेलले आफू मुख्यमन्त्री भए यस प्रदेशको विकासलाई नयाँ उचाईमा पु¥याउने उद्घोष गरेका छन् ।
  • हेटौंडा नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाएर सफल कार्यकाल सकिसकेका पौडेल संघीय मामिला र स्थानीय विकास निकै नै पोख्त रहेको उनले गरेका उल्लेखनीय कार्यहरुले नै पुष्टि गरेको छ ।

काठमाडौं, माघ २४ । जेष्ठ सदस्यका हैसियतले प्रदेशसभा चलाईरहेका हेटौंडा उपमहानगरपालिकालाई विकास र समृद्धिको नयाँ स्वरुप दिन सफल २०४८ साल र २०५४ का पूर्वमेयर एवंम् वर्तमान प्रदेश सांसद डोरमणी पौडेलले आफू मुख्यमन्त्री भए यस प्रदेशको विकासलाई नयाँ उचाईमा पु¥याउने उद्घोष गरेका छन् ।

हेटौंडा नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाएर सफल कार्यकाल सकिसकेका पौडेल संघीय मामिला र स्थानीय विकास निकै नै पोख्त रहेको उनले गरेका उल्लेखनीय कार्यहरुले नै पुष्टि गरेको छ ।

जानकारहरु भन्छन्, एक हिसाबले पौडेल आफैँ यो बिषयमा विज्ञ हुन् तरपनि सधैं अन्य विज्ञहरुसँग सुझाव लिएर मात्र कुनै कामको योजना बनाउने र त्यसलाई तोकिएको समयसिमा भित्रै पुरा गर्ने गर्छन् ।

चुस्तदुरुस्त टिम बनाएर योजनालाई कार्यमा बदल्नु उनको बलियो पक्ष हो ।

यसअघि उनले गरेका कामको कारण उनको अगाडि पोलिटब्युरो तहका नेताहरु पनि छायामा परेको अनुमान गरिएको छ ।

हालै प्राप्त सुचनाहरु अनुसार एमाले अध्यक्ष केपी ओली अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेलाई नभई डोरमणी पौडेललाई नै मुख्यमन्त्री बनाउने तयारिमा लागेका छन् । एमालेमा रहेको दुई समूहमध्ये पाण्डे र शाक्य माधव नेपाल खेमाका नेताहरु रहेकोले पनि पौडेललाई मुख्यमन्त्रीको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सकारात्मक संकेत मिलेको हो ।

पाण्डे र शाक्यलाई कसरी व्यवस्थापन गर्ने विषयमा अहिले छलफल चल्न थालेको श्रोतको भनाई छ । मुख्यमन्त्री नहुँदा उनीहरुलाई शक्तिशाली मन्त्रालय या कुनै काम देखिने निकायमा राख्न सकिने विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ ।

पौडेल मुख्यमन्त्री भएको अवस्थामा एमाले नेता पशुपति चौलागाईले सभामुखको जिम्मेवारी पाउने तथा केशव स्थापितले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बढेको जनाईएको छ ।

को हुन् त डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि विकास गरेको जानकारहरु बताउँछन् ।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।

काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि.सं. २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो ।

मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।

३८ वर्षदेखि राजनीतिमा सक्रिय उनलाई प्रदेश ३ नम्बरको भावी मुख्यमन्त्री बनाउन ओली कस्सिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?