दिपक कुईंकेलको दाबी “माधव नेपालले सर्वनाक हार ब्यहाेर्छन ।”

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दिपक कुईंकेलको दाबी “माधव नेपालले  सर्वनाक हार ब्यहाेर्छन ।”

सारांश

  • काठमाडौं, २५ कार्तिक ।
  • काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार दिपक कुईंकेलले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसँग सर्वनाक पराजय ब्यहोर्ने दाबी गरेका छन् ।
  • रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै कुईंकेलले यस्तो दाबी गरेकाहुन् ।

काठमाडौं, २५ कार्तिक । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार दिपक कुईंकेलले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसँग सर्वनाक पराजय ब्यहोर्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै कुईंकेलले यस्तो दाबी गरेकाहुन् । उनले भने,‘काठमाडौं क्षेत्र नम्बर २ का जनताले यहाँबाट छोडेर रौतहट गैसकेको मान्छेलाई फेरि आउँदा बस्न र खान देलान् तर भोट हाल्दैनन्, जनताले आफ्नो विश्वास पात्र दिपक कुईंकेल लाई भोट हाल्छन्।’

उनले माधव नेपालले आफूसँग लज्जास्पद हार ब्यहोर्ने ठोकुवा गरेकाहुन् । उनले भने,‘केही मान्छेहरु यहाँजनतालाई दास सम्झिरहेका छन्, एमाले–माओवादी गठबन्धनले ६० प्रतिशत जित्छौं भनेर हल्लागरिरहेका छन्, अबजनता दास होईनन्, जनार्दन हुन्, जनताले यसपालि देखाईदिन्छन्, माधव नेपालले यहाँका जनतासँगको विश्वास गुमाईसकेका छन्।’
उनले जनतालाई दास सम्झिने उम्मेद्धवारलाई अब कसैले भोट नहाल्ने जिकिर गरे । कुईंकेलले माधव नेपाललाई रौतहटका जनताले नपत्याएपछि काठमाडौं आएको समेत आरोप लगाए ।
उनले थपे,‘रौतहटमा जनताले नपत्याएपछि माधवजीयहाँआउनुभएको छ, अबयहाँकाजनताले पनिउहाँलाई विश्वास गर्दैनन्, ।

’वाम गठबन्धनलाई देशैभरिकै जनताले भोट नहाल्ने ठोकुवागर्दै उनले भने,‘साम्यवाद र अधिनायकवादको यात्रागर्नेलाई जनताले भोट दिँदैन्।’
क्लबका सभापति ऋषिधमलाले निर्वाचन सफल रुपमा सम्पन्न गर्नको लागिआफूहरुले देशव्यापी रुपमा चुनावीअभियान सुरु गर्नलागेको जानकारी दिए । उनले निर्वाचनमा मतदाताहरुको व्यापक सहभागिता र स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर मेचीदेखि महाकालीसम्मअभियान चलाउन लागेको स्पष्ट पारे ।

(https://www.dipprofit.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?