‘कट्रिनाले लिइन सबैभन्दा महंगो पारिश्रमिक’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
‘कट्रिनाले लिइन सबैभन्दा महंगो पारिश्रमिक’

सारांश

  • मुम्बइ ।
  • कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो ।
  • तर, त्यसपछि उनको करियरले गति लियो ।

मुम्बइ । कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो । तर, त्यसपछि उनको करियरले गति लियो ।

गत २०२१ मा अक्षय कुमारसँग कट्रिनालाई रुचाईएको थियो तर उनका अघिल्ला पाँचमध्ये चार फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन्। यति हुँदाहुँदै पनि टाइगर ३ मा क्याट्रिनाको पारिश्रमिक देखेर तपाई छक्क पर्नुहुनेछ ।

यो फिल्मबाट कटरिना पुरै विश्वस्त पनि छिन् । उनले ४० वर्षको उमेर पार गरिसकेकी छिन् र उनको करियरको अधिकांश हिस्सा खान जस्ता स्टारहरु वा ठूला स्टारका फिल्महरूमा काम गरेकी छिन । जबकि बलिउडका ठूला स्टारहरू  नयाँ र कम उमेरका नायिकाहरुसँग काम गर्ने गरेको रेकर्ड छ । तर, पनि ४० पुग्दा पनि उनी स्टारहरुसँगै नै काम गरिरहेकी छिन् ।

दिपावालीमा रिलिज हुन लागेको टाइगर ३ को दर्शकले प्रतिक्षा गरिरहेका छन् । फिल्ममा सलमान खान छन् र उनका यस अघिका धेरै फिल्म फ्लप थिए, अब उनको आशा पनि यही फिल्ममा टिकेको छ । निर्देशक मनीष शर्माको फिल्ममा कट्रिनाले पाकिस्तानी एजेन्ट जोयाको भूमिका निभाएकी थिइन । टाइगर सिरिजको यो तेस्रो फिल्म हो ।

स्टार पावर र टाइगर फ्रेन्चाइजका अघिल्ला दुई किस्ताको शानदार सफलताका कारण फिल्म व्यापारले पनि यसलाई आशावादी आँखाले हेरिरहेको छ ।  स्टारका लागि पछिल्लो तीन वर्ष राम्रो रहेन । यस्तो अवस्थामा तमार स्टारहरुले कम फिमा पनि फिल्ममा काम गर्नुपर्ने माग उठेको छ ।

कट्रिना कैफले यहाँ कम काम गरे पनि टाइगर ३ ले एक्सन प्याक भूमिकामा छाप छोड्ने विज्ञहरुको विश्वास छ । फिल्मलाई यशराज फिल्म्सले निर्माण गरेको हो । कट्रिनाको पारिश्रमिकको आधिकारिक जानकारी नदिईए पनि आईएमडीबीको रिपोर्ट अनुसार उनले टाइगरका प्रत्येक परियोजनावाट १५ करोड देखि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको जनाईएको छ । त्यसैले टाइगर ३ को लागि उनले आफुले तोकेको शुल्क नै लिएको विज्ञहरु बताउँछन् ।

उनले सबैभन्दा महंगो पारिश्रमिक लिएको मिडिया रिर्पोटमा उल्लेख छ । टाइगर ३ नोभेम्बर १० मा दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ ।

(https://www.plu68.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
बुटवल उपमहानगरपालिकाको पछिल्लो    मतपरिणाममा एमाले अगाडि,
बुटवल उपमहानगरपालिकाको पछिल्लो मतपरिणाममा एमाले अगाडि,
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
फागुन ६ गतेको राशिफल थाहा पाउनुस
फागुन ६ गतेको राशिफल थाहा पाउनुस
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने

तपाईंले छुटाउनुभयो कि?