कतारमा तिमी फुल्दै जानू प्रिया म त अब झर्छु होला….

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कतारमा तिमी फुल्दै जानू प्रिया म त अब झर्छु होला….

सारांश

  • काठमाडौं, १७ पुस ।
  • गजलकार तथा सञ्चारकर्मी शशि शर्मा मजगैंयाको नयाँ गजलको भिडियो सार्वजनिक भएको छ ।
  • गोविन्दमधुर आचार्यको सङ्गीत र उनकै स्वरमा रहेको “तिमी फुल्दै जानू प्रिया म त अब झर्छु होला” बोलको गजलको भिडियो आवाज इन्टरनेशनल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

काठमाडौं, १७ पुस । गजलकार तथा सञ्चारकर्मी शशि शर्मा मजगैंयाको नयाँ गजलको भिडियो सार्वजनिक भएको छ । गोविन्दमधुर आचार्यको सङ्गीत र उनकै स्वरमा रहेको “तिमी फुल्दै जानू प्रिया म त अब झर्छु होला” बोलको गजलको भिडियो आवाज इन्टरनेशनल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

दाङका निर्देशक सौरभ वलीले कतारको भिभिन्न ठाउँहरुमा एक्सन कट गरेका छन् । राजेन्द्र कुमार थापाको छायाङ्कनमा सल्यानका सरोज बोहरा, मोरङका भीम अधिकारी र दाङकी सपना बेल्वासेले अभिनय गरेका छन् । भिडियोमा कतारको दोहा लगायत विभिन्न रमणीय स्थानहरुको सुन्दर दृश्य कैद गर्दै धेरै मेहनतका साथ भिडियो बनाएको निर्देशक वलीले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?