मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…

सारांश

  • काठमाडौं २४ जेठ ।
  • मुग्लिन-नारायणगढ सडकखण्ड कालोपत्रे हुँदैगर्दा दिनदिनै रोकिएको सवारी आवागमन खुलेको छ ।
  • सडक खण्डमा सास्ती खेपेका यात्रु अब कालोपत्रेमाथि गुड्न पाउने भएका छन् ।

काठमाडौं २४ जेठ । मुग्लिन-नारायणगढ सडकखण्ड कालोपत्रे हुँदैगर्दा दिनदिनै रोकिएको सवारी आवागमन खुलेको छ । सडक खण्डमा सास्ती खेपेका यात्रु अब कालोपत्रेमाथि गुड्न पाउने भएका छन् । दशैं अघि नै सडकको काम सकिन लाग्दा उपत्यकाबाट बाहिर जाने र आउने यात्रुलाई निकै खुसी बनाएको छ ।

गत पुस १८ गतेबाट दैनिक रुपमा ६ घण्टा दुवै तर्फबाट आउने सवारी साधन र यात्रुलाई रोकेर काम हुँदै आएको थियो । देशको निकै नै महत्वपूर्ण र व्यस्त रहने सडकमा दैनिक बन्द हुँदा निकै सास्ती खेप्नु परेको थियो । अबदेखि सास्ती नभएर निकै छरितो र सहज यात्रा गर्न पाउने भएका छन् ।

सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द हटाइएको छ । आयोजनाका अनुसार ३ वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे भएको हो । तोकिएको समयभन्दा एकवर्ष बढी ढिलो भएको आयोजना पूर्ण रुपमा सकिन भने बाँकी छ ।

तीन खण्डमा बाँडिएको आयोजनामा भिन्न भिन्न ठेकेदारले निर्माणको काम अघि बढाएका हुन् । अझै कालोपत्रे थप्ने काम बाँकी रहेको छ । कालोपत्रे बाँकी रहेपनि यात्रुले सास्ती भने अबदेखि खेप्नु नपर्ने बताइएको छ । अहिलेसम्म आयोजना मध्येको ९१ प्रतिशत काम सकिएको हो ।

समग्रमा ३३ किलोमिटरमध्ये ३२ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । १२ किलोमिटरमा तेस्रो तहको पिच सकिएको छ । राजधानी काठमाडौंसँग जोडिने पूर्व पश्चिम राजमार्गको मुख्य लाइफलाइन मानिएको मुग्लिन नारायण सडकखण्ड सकिनु निकै सुखद मानिएको छ ।

धादिङबेसीदेखि नारायणघाटसम्मको सय किलोमिटर दुरी पार गर्न दैनिक १० घण्टासम्म समय लाग्ने गरेको थियो । बाटो बिग्रेको समय र पहिरो झरेको समयमा दिनभरी जाममा बस्नु पर्ने वाध्यता थियो। अब सररर गाडी चलाउन पाउँदा पूर्वपश्चिम हुँदै राजधानी भित्रने र बाहिरिने सवारी र यात्रुलाई सहज भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?