गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

सारांश

  • काठमाडौं।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।
  • मुख्यमन्त्री पाण्डेले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री पाण्डेले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ। तर, कांग्रेससँग २७ सिटमात्रै छ। मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ। विपक्षी एमाले-माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उनलाई बहुमत पुग्दैन।

यद्यपि उनीहरुले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन्। राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताए।

“मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्षलाई छ, हेरौँ भोलिसम्म समय छ, माथिबाट जे निर्देशन आउँछ हामी त्यहीअनुसार अगाडि बढ्छौं”, उनले भने।

मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आएका छन्। गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा-२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ।

देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ। यसअघि उनले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए।

यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आएपनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताए।

“असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
हनुमन्ते सफाइ अभियान १० टन फोहर संकलन
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक
कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
उपप्रधानमन्त्रीसँग राजदूत सिंहको भेटवार्ता
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी