भिलेन बन्दै ऐश्वर्या राय

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भिलेन बन्दै ऐश्वर्या राय

सारांश

  • बलिउड नायिका ऐश्वर्या रायको अन्तिम हिन्दी फिल्म सन् २०१८ को ‘फ्यानी खान’ थियो।
  • त्यो भन्दा दुइ बर्ष अघि करण जोहरको ‘ए दिन हे मुस्किल’मा उनलाई देखिएको थियो।
  • अभिषेक बच्चनसंग विवाह पश्चात नै उनको फिल्मी उपस्थिति घटेको हो।

बलिउड नायिका ऐश्वर्या रायको अन्तिम हिन्दी फिल्म सन् २०१८ को ‘फ्यानी खान’ थियो। त्यो भन्दा दुइ बर्ष अघि करण जोहरको ‘ए दिन हे मुस्किल’मा उनलाई देखिएको थियो। अभिषेक बच्चनसंग विवाह पश्चात नै उनको फिल्मी उपस्थिति घटेको हो।अहिले निर्देशक मणिरत्नमको तमिल फिल्ममा ऐश्वर्याले अभिनय गर्ने चर्चा चलेको लामो समय भइसक्यो। अब खबर छ कि ऐश्वर्या यसमा नायिका होइन भ्याम्पको भूमिकामा देखिनेछिन्।

‘पूनियिन सेल्वन’ फिल्मको नाम हुनेछ। यो चर्चित तमिल उपन्यास हो।फिल्ममा ऐश्वर्य चोला वंशकी रानी नन्दिनीको भूमिकामा देखिनेछिन्। नन्दिनी चोला वंशको शासक पेरिया पेजुवेटिट्यारारकी पत्नी थिइन। यो भूमिका एक सत्तालोलुप रानीको हो जो आफ्नो पतिलाई प्रेरित गरेर चोला वंशको विनाश भएको देख्न चाहन्छिन्।यो उपन्यास निकै चर्चित छ र मणिरत्नम निकै समय देखि यसको फिल्म बनाउने सोचमा थिए। ( नेपाली हेडलाईन बाट साभार गरिएको )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?