पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
३० पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ।
  • झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे।
  • पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ। झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे।

पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो। गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो।

‘हामीले सुरुमा सवारी पास जारी गरायौँ। पछि गृह मन्त्रालयमा बुझ्दा हाम्रो आदेश नहुँदासम्म केही पनि नगर्नु भन्ने कुरा आयो। त्यसैलाई तत्काल हामीले फोन गरेर सवारी पास खारेज भएको निर्णय सुनायौँ’, झापाका सिडियो रानामगरलेसँग भने। पूर्व राजा र पूर्वरानी शुक्रबार राजधानी आउने कार्यक्रम थियो।

गृह मन्त्रालयले सोमबार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ।

बाहिरबाट उपत्यका प्रवेश गरेकामा संक्रमण देखिएपछि प्रशासनले थप कडाइ गरेको छ। त्यसअघि काठमाडौं उपत्यकामा व्यवहारतस् लकडाउन केही खुकुलो बनाइएको थियो। देशसञ्चारबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?