हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
३५ पटक हेरिएको
Shares
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छिन् ।
  • सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले हिमाल आरोहण गर्ने क्षेत्रको बेसक्याम्प र सो भन्दा माथि टेलिकमको नेटवर्कमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको बताइन्।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छिन् ।

सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले हिमाल आरोहण गर्ने क्षेत्रको बेसक्याम्प र सो भन्दा माथि टेलिकमको नेटवर्कमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको बताइन्।

“हिमालको बेसक्याम्पसम्म नेटवर्कको समस्या छ, नेटवर्कले काम गर्दैन भन्ने समस्या छ, त्यसले धेरैमा समस्या पैँदा गरेको छ, धेरैतिरबाट गुनासो आउने गरेका छन् । सँगै हिमालमा सरसफाइको कुरा पनि उठ्दै आएकाले यी विषयमा मेरो ध्यानाकर्षण भएको छ” उनले भनिन्। नेपाल पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको र हिमाल आरोहण नेपालीका लागि गौरवको कुरा भएको उल्लेख गर्दै मन्त्री शर्माले हिमाल आरोहणका धेरै सम्भावना भएको उल्लेख गरिन् ।

“हिमाल आरोहणको विषय मुलुकको अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण विषय हो, नेपालका हिमालबारे अझै प्रचारप्रसार हुनसकेको छैन । हामीले हिमालको बारेमा प्रचारप्रसार गर्न जरुरी छ”, मन्त्री शर्माले भनिन् । प्राचीन हिन्दूकुश हिमाल पर्वत शृङ्खलाको मध्यपूर्वी भागमा पर्ने नेपालको सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा विश्वको सर्वोच्च हिमशिखर सगरमाथा अवस्थित छ ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
एउटै रोगका कम्पनीपिच्छे औषधिको अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
#Breaking नेपालगञ्जबाट आएको यतिको विमान रनवेमा चिप्लियो
#Breaking नेपालगञ्जबाट आएको यतिको विमान रनवेमा चिप्लियो
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !

तपाईंले छुटाउनुभयो कि?