काफल बेचेर दैनिक दुई हजार आम्दानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
५६ पटक हेरिएको
Shares
काफल बेचेर दैनिक दुई हजार आम्दानी

सारांश

  • खजुरा ।
  • यो काफल फल्ने सिजन हो ।
  • मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ ।

खजुरा । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ ।

काफल बिक्रीमा दैनिक रु दुई हजार आम्दानी हुने गरेको किसानहरु बताउँछन् । रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला)काफल बिक्री गर्ने बताए ।

काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए । काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आएका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए ।

काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउँछन् । पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ । काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
एमसीसीसँग नेपाल पराजित
एमसीसीसँग नेपाल पराजित
इराकी हिंसामा १० जना मारिए
इराकी हिंसामा १० जना मारिए
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु