पोखरामा मासु पसल अनुगमन, सबै मापदण्ड विपरी सञ्चालन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पोखरामा मासु पसल अनुगमन, सबै मापदण्ड विपरी सञ्चालन

सारांश

  • पोखरा लेखनाथ महानगरपालिकाले पोखराका विभिन्न मासु पसलमा अनुगमन थालेको छ ।
  • सोमबार देखि थालेको अनुगमनमा अधिकांश मासु पसल मापदण्ड विपरीत देखिएका छन् ।
  • सोमबार २० वटा मासु पसल अनुगमन गर्दा सबैमा खुल्ला रुपमा मासु राखेर विक्रि वितरण गर्ने गरेको देखिएको अनुगमनमा सहभागी पोखरा लेखनाथ महानगर पालिकाका मेयरका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकाले पोखराका विभिन्न मासु पसलमा अनुगमन थालेको छ । सोमबार देखि थालेको अनुगमनमा अधिकांश मासु पसल मापदण्ड विपरीत देखिएका छन् ।

सोमबार २० वटा मासु पसल अनुगमन गर्दा सबैमा खुल्ला रुपमा मासु राखेर विक्रि वितरण गर्ने गरेको देखिएको अनुगमनमा सहभागी पोखरा लेखनाथ महानगर पालिकाका मेयरका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनले २० वटा अनुगमन गर्दा १९ वटाले दुई वर्ष देखि दर्ता रिनु नै नगरि सञ्चालन गरेको पाएको बताए ।

 

‘सोमबार अनुगमन गरीएका सबै मासुपसल मापदण्ड विपरीत छन्,’ तिमिल्सिनाले भने ‘पसल सञ्चालकहरुलाई मापदण्ड पु¥याएर सञ्चालन गर्न निर्देशन दिएका छौ ।’ उनले मंगलबार पनि अनुगमन गरीने बताए । अनुगमनमा महानगरका कर्मचारी, जिल्ला पशु कार्यालयका, मासु व्यवसायी समितिका अध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?