भारतीय नोटसहित युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४६ पटक हेरिएको
Shares
भारतीय नोटसहित युवक पक्राउ

सारांश

  • काठमाडौं ।
  • महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए ।

काठमाडौं । महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए । भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बण्डलमा १७ लाख रुपैयाँसहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लले आफैँ मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरिएको हो । स्रोत नखुलेको भारतीय रुपैयाँ १७ लाख (नेपाली २७ लाख २० हजार) सहित पक्राउ परेका युवक महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको स्थायी कमिटीमा बोल्ने क्रम आज सकिँदै

नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ

अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने

नेपालको हवाइ सुरक्षाको बारेमा इयुमा छलफल हुने, हट्ला प्रतिबन्ध?

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण

मार्च १० मा सलमान खान नेपाल आउने
मार्च १० मा सलमान खान नेपाल आउने
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काम नगर्ने पप्पुलाई फेरि २ अर्बको ठेक्का