कमाउन दुवई गएका १८५ जना नेपाली जेलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
कमाउन दुवई गएका १८५ जना नेपाली जेलमा

सारांश

  • काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।
  • यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।
  • राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।

काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।

राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।

जेल जीवन बिताउनेमध्ये मद्यपानका कारण ९५ जना, अवैधानिक काम र बसाइका कारण १८, भौतिक आक्रम वा सम्पत्ति नष्टको आरोपमा १८ र चोरी मुद्दामा १५ नेपालीले जेल भुक्तान गरिहेका छन् ।

यस्तै, व्यभिचारका कारण १०, हत्याको आरोपमा नौ, लागुऔषधका कारण छ र अन्य कारणहरु किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेका राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?