सरकारले यी गाउँपालिकाका केन्द्र र नाम परिवर्तन गर्यो
सारांश
- काठमाडौं, १ साउन – सरकारले विभिन्न गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको छ ।
- हिजो असार ३२ मा बसेको मन्त्रिपरिषदको वैठकले गाउँपालिकाका केन्द्र तोकेको हो ।
- संविधानबमोजिम स्थानीय तहको मागअनुसार केन्द्रहरु बैठकले परिवर्तन गर्ने निर्णय गरेको छ ।
काठमाडौं, १ साउन – सरकारले विभिन्न गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको छ । हिजो असार ३२ मा बसेको मन्त्रिपरिषदको वैठकले गाउँपालिकाका केन्द्र तोकेको हो ।
संविधानबमोजिम स्थानीय तहको मागअनुसार केन्द्रहरु बैठकले परिवर्तन गर्ने निर्णय गरेको छ । सोअनुसार गोरखाको धार्चे गाउँपालिकाको केन्द्र अब माछीखोला भएको छ भने पर्वतको मोदी गाउँपालिकाको केन्द्र पातीचौर भएको छ ।
त्यस्तै जनकपुर उपमहानगरपालिको नाम परिवर्तन भई जनकपुरधाम उपमहानगरपालिका भएको छ । त्यसैगरी पर्साको हरिहरपुर गाउँपालिका विर्ता कायम गरिएको छ । त्यसैगरी पर्साकै विन्दाबासिनी गाउँपालिकाको पर्सौनी भाठा कायम गरिएको छ ।
धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेवबँेसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातमाटा कायम गरिएको छ ।
प्रतिक्रिया