कम्युनिष्टका अग्रज श्रेष्ठको निधनप्रति वैद्य दुःखी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कम्युनिष्टका अग्रज श्रेष्ठको निधनप्रति वैद्य दुःखी

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा दुःख व्यक्त गरेका छन् ।
  • नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिबार आफ्नै निवास शंखमूलमा निधन भएको थियो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा दुःख व्यक्त गरेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिबार आफ्नै निवास शंखमूलमा निधन भएको थियो ।

पार्टीले एक विज्ञप्ति प्रकाशित गर्दै स्वर्गीइ श्रेष्ठ माक्र्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक, अनुवादकका रुपमा अतुलनीय योगदान रहेको बताउँदै निधनले स्तब्ध तुल्याएको उल्लेख गरेका छन् ।

पार्टीका सल्लाहकारसमेत रहनुभएका उहाँको निधनले नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको बताउँदै श्रद्धाञ्जलि दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?