कम्युनिष्ट सरकारप्रति किन चिढियो अमेरिका ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
४५ पटक हेरिएको
Shares
कम्युनिष्ट सरकारप्रति किन चिढियो अमेरिका ?

सारांश

  • नेपालमा कम्युनिष्ट सरकारले भेनेजुएलासँगको सम्बन्धलाई प्राथमिकतामा राख्न थालेको छ जुन अमेरिकाका लागि गम्भीर चासोको विषय बनेको छ ।
  • भेनेजुएलाका राष्ट्रपति अरनेष्टो मधुरोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अजरबैजानको बाकुमा भेट्दैछन् ।
  • कुनैपनि देशका राष्ट्रप्रमुखलाई भेट्नु महत्वपूर्ण विषय हो ।

नेपालमा कम्युनिष्ट सरकारले भेनेजुएलासँगको सम्बन्धलाई प्राथमिकतामा राख्न थालेको छ जुन अमेरिकाका लागि गम्भीर चासोको विषय बनेको छ । भेनेजुएलाका राष्ट्रपति अरनेष्टो मधुरोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अजरबैजानको बाकुमा भेट्दैछन् ।

कुनैपनि देशका राष्ट्रप्रमुखलाई भेट्नु महत्वपूर्ण विषय हो । तर, अमेरिकाले भेनेजुएलामाथि कडा नीति लिदै आइरहेको छ । सत्तारुढ नेकपाको भेनेजुएलासँगको सामिप्यताले अमेरिका सतर्क देखिएको छ ।

संयुक्त राज्य अमेरिकाको असन्तुष्टि सतहमै देखिन थालेको छ । इन्डो प्यासिफिकप्रति नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको विरोध बढेको र नेपालले चीनको विकास रणनीति बीआरआईमा हस्ताक्षर गरेपछि अमेरिकी सांसदहरुले पनि यसबारे विषय उठान गर्न थालेका छन् ।

बीआरआईमा हस्ताक्षर गरेपछि अमेरिकी विकास रणनीति एमएमसीमा सम्झौता भएपनि संसदबाट अनुमोदन भएको छैन । यसमा सत्तारुढ दलभित्रै मतभेद छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली संसदमा यसैवर्ष पारित गर्ने पक्षमा छन् भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड केही गम्भीर प्रश्न रहेको भन्दै पारितको पक्षमा छैनन् ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले इन्डो प्यासिफिकप्रति प्रश्न उठाउने गरेका छन् । प्रचण्ड निकटस्थ देव गुरुङले यसलाई अमेरिकाको दक्षिण एशियालाई रणभूमि बनाउने योजना भनेका छन् । इन्डो प्यासिफिकबाट नकारात्मक टिप्पणीहरु आउन थालेपछि अमेरिक राजदूत रेन्डी बेरीले भिडियामार्फत् बोलेर यसको बचाउ गरे ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी व्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन ।

सत्तारुढ दलभित्रबाट इन्डो प्यासिफिकको विराधे भएपछि नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शुक्रबार ट्वीटमा भिडियो राखेर इन्डो प्यासिफिक नीति यस क्षेत्रमा आर्थिक, सुरक्षा र विधिको शासनमा अमेरिकाको वृहत्तर दृष्टिकोण भएको बताए । उनले भनेका थिए, ‘यो नीतिले यस क्षेत्र विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशाशित रहन्छ भन्ने सुनिश्चित गर्नमा हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ ।’

चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनक गर्ने पत्रिका ग्लोबल टाइम्समा अमेरिकाले रणनीतिक प्रभाव बनाउन एशिया प्यासिफिक क्षेत्रमा आवद्धताको नीति बनाएको विषय बाहिर आएकोतर्फ संकेत गर्दै उनले इन्डो प्यासिफिक कुनै क्लब नभएको र हस्ताक्षर गर्नुपर्ने कागजान नभएको बताए । उनले भनेका थिए, ‘नेपालले यसमा नेपालले सहमति जनाउनुपर्ने वा सामेल हुनुपने केही छैन ।’ उनले यो कसैलाई बहिष्कार गर्न बनाइएको नीति नभएको बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव बढेको विषय उयठरहेको छ । योसँगै अमेरिका सतर्क बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरुलाई नेपालमै बोलाएर नेकपाको प्रशिक्षण राखिनु र त्यसमा सहभागी हुन तछाडमछाड हुनुले नेपालमा चासो राख्दै आएका अमेरिका सतर्क भएको हो । प्रशिक्षण भइरहँदा अमेरिकी राजदूत बेरीले सक्रियता देखाएर नेकपाका केही नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे:  योगेश भट्टराई
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर
मन्त्रिपरिषद्को बैठकको निर्णय
मन्त्रिपरिषद्को बैठकको निर्णय
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
गाेहीका लागि माछापालन !
गाेहीका लागि माछापालन !