शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।
  • पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उहाँको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उहाँको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताए ।

उनले अध्यक्ष ‘प्रचण्ड’ र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गरे । नेता रिजालले भने, “स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उहाँका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ ।”

उनले स्व दाहालको माओवादी आन्दोलन र नेपालको राजनीतिमा ठूलो योगदान रहेको बताए । प्रधानन्त्रीलगायत सम्पूर्ण परिवारजनलाई परेको दुखदप्रति सहानुभूति प्रकट गर्दै नेता रिजालले शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा दत्तचित्त भएर अझै राम्रो काम गर्न सकोस् भनी कामना गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?