चुनावले देखाएको बाटो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
चुनावले देखाएको बाटो

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना चलिरहंदा वाम गठबन्धनले ठूलो अग्रता लिइरहेको छ ।
  • प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आउन बाँकी छ ।
  • यद्यपि हाल गणना भइरहेका निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजामा वाम उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् र यसलाई उल्ट्याउन कांग्रेस गठबन्धनका उम्मेदवारलाई करिव असम्भव छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना चलिरहंदा वाम गठबन्धनले ठूलो अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आउन बाँकी छ । यद्यपि हाल गणना भइरहेका निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजामा वाम उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् र यसलाई उल्ट्याउन कांग्रेस गठबन्धनका उम्मेदवारलाई करिव असम्भव छ । प्रत्यक्षतर्फ वाम गठबन्धनले करिव दुईतिहाई सिट जित्ने देखिएको छ ।

विजयी स्थान र गणना भइरहेका क्षेत्रको अवस्थालाई आकलन गर्दा वाम गठबन्धनले केन्द्रमा बहुमत र सात मध्ये ६ वटा प्रदेशमा वहुमतको सरकार बनाउने देखिन्छ । केहि अघि सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमाले सवैभन्दा ठूलो दल बन्दै २९४ स्थानीय सरकारको नेतृत्व गर्न सफल भएको थियो । वाम गठबन्धनमा सामेल माओवादी केन्द्रको १०५ तह पनि यसैमा थपिंदा करिव दुईतिहाई स्थानीय सरकारको नेतृत्व वाम दलको जिम्मेवारीमा छ । यसको अर्थ अवको ५ वर्ष नेपालमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार वाम नेतृत्वमा रहनेछ ।

आम निर्वाचनमा नेपाली कांग्रेसको लज्जा जनक हार प्रत्यक्ष तर्फ देखिएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये करिव ३० को आसपासमा समेटिनु पर्दा कांग्रेसको हविगत देखिएको छ । यसका पछाडि कांग्रेस नेतृत्वको अकर्मण्यता, वाह्य शक्ति रिझाउन उसले निरन्तर गरेको प्रयास, भारतीय नाकाबन्दीको घुमाउरोगरी गरेको समर्थन लगायतका कृत्य जिम्मेवार छन् । तर, यो भन्दा बढी कांग्रेस नेतृत्व भित्र निरन्तर सत्तारोहण मार्फत झांगिएको अहंकारको विषबृक्ष थियो । मतदाताले त्यसलाई राम्रोसँग जवाफ दिएका छन् ।

यसको अर्थ के हुन्छ भने चुनाव जितेका वाम दलले आफू भित्र अहंकारको विजारोपण हुन दिनु हुँदैन । विजेताको सवैभन्दा ठूलो गुण विनयशीलता हो । जनमतको उच्च सम्मान र कदर गर्दै आफ्नो स्थायी सरकार निर्माण गर्न अग्रसर रहनु वाम दलको अव सवैभन्दा पहिलो दायित्व हो ।

वाम गठबन्धनलाई मतदाताले पत्याउनुका पछाडि आधारभूत कारणहरु छन् । संविधान निर्माण गर्न एमाले अध्यक्ष केपी ओलीले खेलेको भूमिका, संविधान बनेपछि माओवादी सहितको ओली नेतृत्वको सरकारले गर्न खोजेका काम र नेपाली स्वाभिमान जोगाउँदै देशको नेतृत्व गर्न सफल भएका कारण वाम गठबन्धनबाटै नागरिकले स्थायित्वको अपेक्षा गरेका हुन् । ओली नेतृत्वमा माओवादी सहितको सरकारले आशाको झिल्को बालेको थियो । त्यो झिल्कोमाथि वाह्य शक्तिको साथ लिएर कांग्रेसले पानी खन्याउने काम गर्यो । नेपाली नागरिकले त्यो झिल्कोलाई फेरि जगाएका मात्र छैनन्, एउटा भर्भराउँदो आशाको भुँग्रो तयार पार्ने सामग्री यो निर्वाचन मार्फत जुटाइदिएका छन् ।

निर्वाचन आफैंमा साध्य होइन । यो केवल देश विकासका निम्ति जनता मार्फत नेतृत्व नविकरण गर्ने र त्यस्तो नेतृत्वले विकासको बाटोमा लैजाने साधन मात्र हो । त्यसैले यो साधनको सहि प्रयोग गरे वाम दलको भविश्य अझ बलियो भएर जाने कुरामा सन्देह छैन । तर, यो अवसरको सदुपयोग हुन सकेन भने वाम दललाई कसैप्रति गुनासो गर्ने ठाउँ पनि रहने छैन । नेपाली कांग्रेसलाई पटक पटक विश्वासको बहुमत दिएर आजित भएका नागरिकले यसपल्ट वाम दलबाट इमान्दार र बलियो सरकार एवं सुशासनको अपेक्षा गरेका छन् ।

तत्कालका निम्ति नयाँ सरकार बन्न अझ एक महिना लाग्न सक्छ । समानुपातिक तर्फको मत गणना भर्खर मात्र सुरु भएको छ । अव सवै परिणाम घोषणा भएर विजेताले जिम्मेवारी सम्हाल्न र नयाँ सरकार बन्न एक महिना लाग्न सक्छ ।

वाम दलले सबैभन्दा पहिला न्युनतम राजनीतिक इमान्दारी पालना गर्नुपर्छ । अहिले नागरिकले उनीहरुलाई दिएको विश्वास उनीहरुले नागरिकसामु गरेको एकताको वाचा प्रतिको विश्वास हो । यसलाई तोडेर राजनीतिक अवसरवादतर्फ जाने कुनै पनि दलको भविश्य सर्वनाश हुने निश्चित छ । दुवै दलका विजेताले एक अर्का समर्थकको मत प्राप्त गरेका छन् । चुनावमा नागरिकसामु एउटा वाचा गर्ने र जितेपछि ठीक विपरित काम गर्ने शैलीले दललाई अविश्वसनीय मात्र बनाउने छैन, अवसरवादी पनि करार गर्नेछ । यस्तो चरित्र नागरिकप्रति ठूलो गद्दारी हुनजान्छ ।

न्युनतम राजनीतिक इमान्दारी वाम दलले देखाउनासाथ उनीहरुसँग भएको स्थायित्वको जनमत प्रयोगमा आउँछ । आज नेपाली नागरिकलाई दुख्ने सबैभन्दा ठूलो विषय स्वाभिमान हो । भारतीय नाकाबन्दीको बेला हाम्रो राष्ट्रिय सामथ्र्यको सीमा देखिएको हो । त्यसलाई तोड्न नेपालले उत्तरी र दक्षिणी दुवै छिमेकीसँग यातायात र पहुँचको विस्तार गर्नु पर्नेछ । यो अत्यन्तै ठूलो विषय हो । उत्तरी छिमेकीसँग रेल र यातायातका सम्झौता भएका छन् । तिनलाई कार्यरुप दिनु नयाँ सरकारको प्राथमिक जिम्मेवारी हुनजान्छ । यी सम्झौता विगतमा यहि वाम गठबन्धनको नेतृत्वमा भएका हुन्, जसको अनुहार एमाले अध्यक्ष केपी ओली थिए । अध्यक्ष ओलीले आफ्ना हालसालैका विभिन्न अन्तरवार्तामा नेपालले दुवै छिमेकीसँग विश्वास र पारस्पारिकता सम्बन्ध विकास गर्ने वताएका छन् । गठबन्धनको एक प्रमुख नेता भएकाले उनको भनाईको सान्दर्भिकता छ । यसलाई कार्यरुप दिन उनलाई एमाले र माओवादी दुवैको सहयोग चाहिन्छ ।

ठूला विषय त छन् नै, नागरिकको दैनिक जीवनलाई छुने साना विषयहरु झन् बग्रेल्ती छन् । राजधानी काठमाडौं लगायत देशका मुख्य शहर हरुको पूर्वाधार दयनीय छ । मेची देखि महाकाली सम्मका हरेक ठूला साना शहर वजारका नागरिकलाई धुलो रहित दैनिक जीवन चाहिएको छ । खानेपानीको अवस्था सुधार पर्खिरहेको छ । सार्वजनिक शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन नागरिकले खोजिरहेका छन् । यी क्षेत्रमा तत्काल योजना बनाएर राष्ट्रब्यापी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

गाउँदेखि केन्द्रसम्मै वाम प्रगतिशील सरकार भन्ने नारा दिएको वाम गठबन्धन अहिले त्यहि ठाउँमा पुग्नै लागेको छ । गाउँलाई आधुनिक कृषि प्रणाली मार्फत उत्पादनको केन्द्र बनाउने र शहरलाई सेवा तथा रोजगारको गन्तब्य बनाउने लक्ष्य सहित वाम गठबन्धनको आगामी मार्गचित्र प्रष्ट हुनुपर्छ । नागरिकले आफ्नो विश्वास प्रकट गरेका छन्, अव त्यसमा खरो उत्रने पालो विजेता गठबन्धनको ।

(https://www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
‘ओलीबाट पटक पटक धोका’ भएको भन्दै वामदेव आक्रोशित
‘ओलीबाट पटक पटक धोका’ भएको भन्दै वामदेव आक्रोशित
बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन
बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन
एन. बी दाहालको पहिलो पहिलो भेटमै कस्तो माया बस्यो
एन. बी दाहालको पहिलो पहिलो भेटमै कस्तो माया बस्यो
पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै
पत्रिको कार्यालयमा गोली प्रहार, पाँचजनाको हत्या
पत्रिको कार्यालयमा गोली प्रहार, पाँचजनाको हत्या
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च