‘४२ सालको काण्ड’
सारांश
- नविन पौडेल शाशनको निहुँमा आफ्नो परिवारमा कुनै किसिमको मनमुटाव नहोस भनेर श्री ३ जंग बहादुरले एग्नेट प्रथा लागु गरेका थिए ।
- जसमा आफ्नो शेख पछि शक्ति भाइहरुमा र त्यसपछि भतिजमा जाने व्यवस्था थियो ।
- यो व्यवस्था आफूले सोचे अनुरुप नरहेको र यसले पारिवारीक सम्बन्धमा फाटो ल्याउन सक्ने कुराको बोध जंगबहादुरलाई जीवनको अन्तिम अवस्थामा मात्र भयो ।
नविन पौडेल
शाशनको निहुँमा आफ्नो परिवारमा कुनै किसिमको मनमुटाव नहोस भनेर श्री ३ जंग बहादुरले एग्नेट प्रथा लागु गरेका थिए । जसमा आफ्नो शेख पछि शक्ति भाइहरुमा र त्यसपछि भतिजमा जाने व्यवस्था थियो । यो व्यवस्था आफूले सोचे अनुरुप नरहेको र यसले पारिवारीक सम्बन्धमा फाटो ल्याउन सक्ने कुराको बोध जंगबहादुरलाई जीवनको अन्तिम अवस्थामा मात्र भयो । जंगबहादुर आफू यस झन्झटमा पर्न चाहन्नथे । उनले आफू धेरै नबाँच्ने थाहा हुने बित्तिकै उपत्यका छाडे । राजा सुरेन्द र राजकुमार त्रैलोक्यले छोरा जगतजंगलाई श्री ३ बनाउन निकै प्रयत्न गरेका थिए जुन कुराको ज्ञान जंगबहादुरलाई थियो । उनी भने कुनै पनि हालतमा आफूले लागु गरेको व्यवस्था रद्द हुन नहुनेमा अडिग थिए ।
जंगबहादुरका छोरा जगतजंग प्रधानमन्त्री तथा श्री ३ हुने दुई बलिया कारण थिए । एक त उनी श्री ५ का ज्वाइँ अर्थात जेठि शाहज्यादीका पति थिए । अर्को उनी श्री ३ का पुत्र भएकाले जनताका पनि प्रिय थिए । तर जंगबहादुरको निधन पश्चात जगतजंग र दरबार एकातिर अरु काका र उनीहरुका छोरा अर्कातिर भए । जंगबहादुरका माहिला भाई धीर शमशेर अर्थात सान्नानीले आफनो चतुरताको पयोग गरी जगतजंगलाई श्री ३ हुन दिएनन् । रोलक्रमका आधारमा रणोद्दिप सिँह श्री ३ तथा प्रधानमन्त्री भए तर शाशनमा पत्यक्ष भूमिका भने धीरले नै खेलिरहेका थिए । रणोद्दिप एकदमै असल थिए । उनका आफ्ना छोरा नभएकाले पनि दाई जंगबहादुरका छोरा जगतजंगलाई निकै माया गर्थे र भतिजलाई आफनो कुर्सी दिन राम्रो मौकाको खोजीमा थिए ।
भाई धीरको निधन पछि रणोद्दिपलाई आफूले सोचेको कुरा गर्न अवरोध फुक्यो । जगतजंग काका रणोद्दिपका मात्र नभएर काकीका पनि प्रिय थिए । श्री ३ महाराज महारानीले भित्रभित्रै सम्पर्ण शाशन सत्ता भतिज जगतजंगलाई जिम्मा लगाएर कासी जाने सोच बनाएका थिए । यसो गर्दा सबैभन्दा बढी मारमा धीरका १७ भाइ छोरा पर्दथे । उनीहरुलाई रामो लाउन मिठो खान पुग्ने अवस्था थिएन । फेरी आफ्ना बावु श्री ३ नभइ मरेपछि राज्यको ढुकुटीबाट रामो खान्गी पनि आउँदैनथ्यो । यस्तोमा रणोद्दिपको योजनामा अवरोध हुन शमशेर भाइ आए । उनीहरुलाई रोलक्रम काटिइसकेका जगतजंग श्री ३ भए भने आफूहरुको विजोग हुने र मारीनुपर्ने डर थियो । उनीहरु जगतजंगलाई श्री ३ हुनबाट कसरी रोक्ने भन्नेबारे सोच्न थाले । काका तथा ठूलाबा सबै मरेको अवस्थामा रोलक्रममा धीर शमशेरका जेठा छोरा वीर शमशेर अगाडी थिए । यस्तोमा हातमा आएको शक्ति गुमाउन उनीहरुलाई स्वीकार्य थिएन ।
कुरामा कुरा चल्दा रणेद्दिपको योजनाबारे शमशेर भाइलाई थाहा हुन पुग्यो । उनीहरुले त्यो अवस्थालाई गर या मरको रुपमा हेरे । जगतजंग आफू श्री ३ हुने पक्का भएकोमा खुशी थिए । र शाहज्यादी पनि । हालको पाकिस्तानमा पर्ने कुनै ठाउँमा हुन लागेको सैनीक प्रदर्शनमा नेपाली सेनालाई वीर शमशेरको नेतृत्वमा पठाउने तयारी भैरहेको थियो । जसले गर्दा वीरसँग सैन्य शक्ति पनि थपियो । राजकुमार त्रैलोक्य परमधाम भैसकेकाले जगतजंगलाई पछिल्लो समय दरबारबाट कुनै सहयोग थिएन । बरु वीर शमशेरले रामो सुविधा पाएका थिए राजमाताबाट । वीर शमशेर लगाएत भाइहरु खडग शमशेर, जुद्ध शमशेर, भिमशमशेर, चन्द शमशेर, डम्बर शमशेर आदि आफनो अस्तित्वका लागि लड्न जुन हद पनि पार गर्ने सुरमा थिए । जंग परिवारसँग हिमचिम बढि भएकाले देव शमशेरलाई भने त्यो योजनामा सामेल गरिएको थिएन ।
वि सं १९४२ सालमा शक्ति र सत्ताका लागि शमशेर भाईले आफनै काका रणोद्दिपको गोलि हानी हत्या गरे । र ठूला बावु जंगबहादुरका छोरा जगतजंलाई पनि मारे । जसलाई ४२ सालको काण्ड भनेर भनि चिनिन्छ । सोही काण्डमा नाति जर्नेल अथवा जगतजंगका जेठा छोराको पनि ज्यान गएको थियो । ४२ सालको काण्ड पछि शक्ति आफनो हातमा लिएका शमशेर भाईले करिब ६५ वर्ष शाशन गरे । वीर शमशेर सहित देव शमशेर, चन्द्र शमशेर, भिम शमशेर र जुद्ध शमशेर गरी ५ शमशेर भाई तल्कालीन नेपालको श्री ३ तथा पधानमन्त्री बने ।
सन्दर्भः डायमण्ड शमशेर राणाको उपन्यास सेतो बाघ
प्रतिक्रिया