करातेमा नेपालका १० स्वर्ण पदक

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
२० पटक हेरिएको
Shares
करातेमा नेपालका १० स्वर्ण पदक

सारांश

  • काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पार्नुभएको छ ।
  • महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो ।
  • अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो ।

काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पार्नुभएको छ ।

महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुग्नुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।

यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जित्नुभएको थियो । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ
विप्लव समूहका दुई जिल्ला नेता पक्राउ
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !
सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !
दाङ पुुगेर प्रचण्डले भने महराले मलाई पनि ढाँटे
दाङ पुुगेर प्रचण्डले भने महराले मलाई पनि ढाँटे
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी

तपाईंले छुटाउनुभयो कि?