एक वर्षभित्र राजिनामा दिन्छु: यातायात मन्त्री  रघुवीर महासेठ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एक वर्षभित्र राजिनामा दिन्छु: यातायात मन्त्री  रघुवीर महासेठ

सारांश

  • काठमाडाै, २५ साउन ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रघुवीर महासेठले एक वर्ष भित्र राम्राे काम गरेन भने राजिनामा दिने बताएका छन् ।
  •  प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग  कुराकानी गर्दै महासेठले उक्त कुरका बताएका हुन्।

काठमाडाै, २५ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रघुवीर महासेठले एक वर्ष भित्र राम्राे काम गरेन भने राजिनामा दिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग  कुराकानी गर्दै महासेठले उक्त कुरका बताएका हुन्।

मन्त्री महासेठसंग गरिएकाे कुराकानिकाे सम्पादित अंश ।

तपाई सडकको स्थलगत अनुगमनमा जानुभयो । कास्तो पाउनुभयो ?
हामीले सरकार गठन गर्दा जुन स्थिती थियो, त्यो भन्दा अलिकति फरक पाएँ ।

अझै पनि काठमाण्डौ उपत्यकाका सडक अस्तव्यस्त छ, तपाईको अनुगमनले अब के हुन्छ ?
भदौ १२ गतेसम्ममा काठमाण्डौको चक्रपथभित्रका सडकका खाल्डा पुर्ने भनेर हामीले जुन निर्देशन दिएका छौँ त्यसले अब नतिजा देखिन्छ । सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने हाम्रो योजना बनाएका छौँ ।

कुनकुन सडकखण्डलाई प्राथमिकतामा राख्नुभएको छ ?
कलङ्की–नागढुङ्गा, जोरपार्टी र साखुँ क्षेत्रको सडक भदौ १२ भित्र निर्माण सम्पन्न हुन्छ । विगतमा विभिन्न कारणले काम हुन सकेको थिएन, अहिले तीब्र रुपमा काम भइरहेको छ ।

तर काम हुनै सकेको छैन मन्त्रीज्यू, तपाईले दिएको निर्देशन पनि पालना भएको पाइदैन ।
तपाई जानुभएको छ सडकमा ? कहाँ जानुभएको छ ?

म गएको छु मन्त्रीज्यू, काठमाण्डौ महानगरपालिकाको ३१ वटै वडाका सडक कस्ता छन्, तपाईलाई थाहा छैन ?
तपाई भ्रममा हुनुहुन्छ । काठमाण्डौभित्रको सडक हामीले बनाउने होइन । सडक विभाग अन्तरगत पर्दैन । काठमाण्डौका गल्ली र साना सडकहरु महानगरपालिकाले बनाउने हो । मैले होइन ।

भनेपछि काठमाण्डौ महानगरभित्रका सडक अझै पनि खेत रोप्न लायक नै रहिरहने भएन होइन ?
खेत रोप्न लायक अवस्था पहिला पनि थिएन, अहिले पनि छैन । प्रतिपक्षले जबरजस्ती धान रोपेको देखाएर हुँदैन ।

कतिपय ठाउँमा स्थानीयबासीले सडकमै धान रोपेको थाहा छैन तपाईलाई ? कि विर्सिनुभयो ?
कतिपय ठाउँमा आकाशबाट पानी पर्दा निकासको व्यवस्था नभएकाले समस्या देखिएको हो । ति सबै ठाउँमा भदौ १२ गतेभित्रमा समस्या समाधान हुन्छ । खाल्डा खुल्डी पनि भेटिनेछैन, जति पानी परे पनि ताल पर्ने छैन ।

अब धान रोप्ने स्थिती आउँदैन ? ढुक्क भए हुन्छ ?
अनि यो धान रोप्ने वातावरण हिजोको सरकारले बनाएको हो कि हामीले बनाएको हो ?

हिजोको सरकारले गल्तीगरेको थियो होला, अब अहिले पनि त्यस्तै गरिरहने ? दुई तिहाई बहुमतको सरकारका मन्त्रीले यस्तो भन्न मिल्छ ?
त्यो दुई तिहाई मतले चार–पाँच महिनामा नै सबै काम गर्न सक्छ त ? यो पाँच महिनामा केही अनुभूति त पाउनुभएको होला नि ?

  • सर्वोच्च अदालतको आदेशलाई शतपतिशत मानेर जाने हो भने यो देशमा विकास सम्भव छैन ।
  • काठमाण्डौभित्रको सडक हामीले बनाउने होइन ।
  • हामीले सडक विगारेको हो कि विगतकै सरकारले विगारेको ?
  • सडकमा खेत रोप्न लायक अवस्था पहिला पनि थिएन, अहिले पनि छैन ।
  • सडकमा रोपाई गर्ने जनता होइनन्, प्रतिपक्ष हो ।
  • यो आर्थिक मसान्तभित्रमा काठमाण्डौमा ट्राफिक जामसमेत हुँदैन ।

काठमाण्डौका सडक बनाउने दायित्व सरकारको होइन ?
सरकारकै दायित्वभित्र पर्छ, यो कुरा हामीले नबुझेको होइन । तर अहिले सडक विभागले करिब १२ हजार किलोमिटर सडक बनाउँदैछ । देश संघीयतामा गइसकेपछि कुन सडक कुन निकायले बनाउने भनेर तोकिएको छ ।

अरु निकायलाई तपाईहरुले निर्देशन दिन सक्नुहुन्न ? काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई सुझाब दिन मिल्दैन ?
हामीले भनिरहेका छौँ ।

तर तपाईको पनि दायित्व होला नि ?
हामीले सडक विगारेको हो कि विगतकै सरकारले विगारेको ? पूर्व सरकारको नीति र योजनाको कमीले गर्दा जति अस्तव्यस्त भएको थियो, त्यो सबै दायित्व हामीले लिएर आएका छौँ । भदौ १२ गतेभित्र सडक विभागले जिम्मा लिएका सबै सडकमा खाल्डाखुल्डी रहँदैनन् ।

यदी खाल्डाखुल्डी देखियो भन के गर्नुहुन्छ ? राजिनामा दिनुहुन्छ ?
जनताले हामीलाई विश्वास गरेका छन्, कम्तिमा एक वर्ष त हेर्नुपर्यो नि । हामीले जनचाहनाअनुसार काम गरेनौँ भने जनताले हामीलाई छुट दिन्छ र ?

तपाई सडक विभाग अन्तरगतका सडकको मात्रै जिम्मा लिने, अरु सडक कसैले नबनाउने, यो कस्तो प्रवृत्ति हो ?
हामीले काठमाण्डौ महानगरपालिकासँग पनि समन्वय गरिरहेका छौँ । कतिपय सडकका बारेमा सर्वोच्च अदालतले काम रोकिदिएको छ । सम्मानित अदालतको आदेशलाई पनि मान्नुपर्ने हुन्छ । अहिले जुन प्रकारले अदालतले आदेश दिने गरेको छ, त्यसलाई शतपतिशत मानेर जाने हो भने यो देशमा विकास सम्भव छैन ।

यो सरकारबाट जनताले के अपेक्षा गर्ने ?
चालु आर्थिक वर्षभरीमा जनताले अनुभूति गर्न पाउने गरी काम हुन्छन् । हामीले धेरै योजना बनाइसकेका छौँ । यो आर्थिक मसान्तभित्रमा काठमाण्डौमा ट्राफिक जामसमेत हुँदैन । अबको एक वर्षभित्र परिवर्तन गर्न सकिनँ भने म राजिनामा दिन्छु । एक वर्षभित्रमा हामीले जुन व्यवस्थापन गर्न गइरहेका छौँ, त्यो अनुसार काम भयो भने जनता खुशी हुन्छन् ।

केके योजना छन् त तपाईसँग ?
कोटेश्वरमा अण्डरग्राउण्ड बाइपास बनाउँदैछौँ । नागढुङ्गामा पनि नयाँ संरचना बनाउँदैछौँ । चावाहिल चोकमा जाम नहुने गरी योजना बनाइरहेका छौँ । तर समस्या पनि छ । हामी चारलेनको सडक बनाउन खोजिरहेका छौँ, अदालतबाट स्टे अर्डर आउँछ । अदालतको आदेश मान्नै पर्यो । तर अदालतको आदेश विकासको बाधक बनेको छ । विगतका सरकारका नीतिहरु पनि बाधक बनेका छन् ।

तपाईले विगतका सरकारलाई दोष दिइरहनुभएको छ । तपाईलाई थाहा होला, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली पनि विगतमा प्रधानमन्त्री भएकै हुन् । बाबुराम भट्टराई र प्रचण्ड पनि प्रधानमन्त्री भएकै हुन् ? दोष कसको त ?
कर्मचारीतन्त्रले सरकारको निर्देशन मान्दैनथे । अस्थायी सरकार भएकाले कर्मचारीले नटेर्ने प्रवृत्ति थियो । यस्तो प्रवृत्तिको अब अन्त्य हुन्छ । ५ वर्षको लागि बनेको स्थायी सरकारले जनताको इच्छाअनुसार काम गर्छ । केपी ओलीले देखाउको सपना पूरा गर्नका लागि बनेको अहिलेको सरकारले काम गरेरै छोड्छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Yogesh Bhattrai

    किन दिने पछि का पाइन्छ र मन्त्री को कुर्सी

    Comment Author

    Bigyan Bastakoti

    K bho mantri kurchi bigryo ra?

    Comment Author

    Maila Dai

    kamaunu pugechha muntri jiu lai

    Comment Author

    Shrawan Kumar Pariyar

    Jiban bhari Baser khane paisa kamayar dinu lageko hola ni yasko sampati ko 6anbin garnu par6

    Comment Author

    Netra Ghimire

    एक बर्षमा भारि पुग्ने रछ त ?

    Comment Author

    Nepali Ko Pahichan

    Thukka yo jindagi neta le ek baeshma jivan bhari lai pugne kamaune hami jivan bhari kamayra pani napugni

    Comment Author

    Paudel JL

    Ek barsa paxi jindagi bhari lai purahunxa hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् ः एमाले
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् ः एमाले
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
प्रत्येक घरमा धारा पु¥याइने
प्रत्येक घरमा धारा पु¥याइने
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि

तपाईंले छुटाउनुभयो कि?