करेन्ट लागेर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २७, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
करेन्ट लागेर एकको मृत्यु

सारांश

  • बुधबार घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको छ ।
  • फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
  • घटनाको वास्तविकता बुझ्नका लागि विद्युत् प्राधिकरणका कर्मचारीसहित प्रहरी घटनास्थल पुगेको थियो ।

बुधबार घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको छ । फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

घटनाको वास्तविकता बुझ्नका लागि विद्युत् प्राधिकरणका कर्मचारीसहित प्रहरी घटनास्थल पुगेको थियो । करेन्टका कारण मृत्यु भएका बोम्जनको शव मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल)मा शवपरीक्षणपश्चात् आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।

विद्युत् प्राधिकरणको लापर्वाहीका कारण वर्षैपिच्छे अकालमा ज्यान गुमाउन सिन्धुपाल्चोकवासी  बाध्य छन् ।  जिल्लाभरि नै पटकपटक विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरणले हालसम्म कुनै चासो दिएको पाइँदैन ।

सडक किनारमा रहेको बिजुलीको  तार व्यवस्थापन गर्न निवेदन दिँदासमेत प्राधिकरणले चासो नदिएकाले यस्तो दुर्घटना भएको स्थानीयवासीको गुनासो छ । समयमै निवेदन दिँदा ध्यान नदिने र पछि दुर्घटना हुँदा बच्न खोज्ने प्रवृत्ति रहेकाले अब छिट्टै यस्तो गैरजिम्मेवार कामको अन्त्य हुनुपर्ने सिन्धुवासी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
प्रचण्ड र बीना : दुबैजना दोब्बर मतले अगाडि
प्रचण्ड र बीना : दुबैजना दोब्बर मतले अगाडि
नियमीत सेक्स गर्नुका फाईदा !
नियमीत सेक्स गर्नुका फाईदा !
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी