कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने

सारांश

  • साउन २३ – छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि कतारले आप्रवासीका लागि स्थायी बसोबासका लागि नयाँ कानुन ल्याएको छ ।
  • कुटनैतिक सम्बन्ध तोडिँदा संकट बढ्दै जान थालेपछि कतारको  मन्त्रीपरिषद्ले नयाँ कानुन ल्याएको हो ।
  • नयाँ कानुन अनुसार अब आप्रवासीले कतारमा स्थायी रुपमा बसोबास गर्न पाउनेछन् ।

साउन २३ – छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि कतारले आप्रवासीका लागि स्थायी बसोबासका लागि नयाँ कानुन ल्याएको छ । कुटनैतिक सम्बन्ध तोडिँदा संकट बढ्दै जान थालेपछि कतारको  मन्त्रीपरिषद्ले नयाँ कानुन ल्याएको हो ।

नयाँ कानुन अनुसार अब आप्रवासीले कतारमा स्थायी रुपमा बसोबास गर्न पाउनेछन् । आप्रवासीलाई कतारमा बस्न प्रोत्साहन गर्नका लागि नयाँ बसोबासको नीति ल्याइएको हो । तर सबै आप्रवासीले स्थायी बसोबासका लागि अनुमति पाउने छैनन् । दक्ष आप्रवासीले कतारको आन्तरिक मन्त्रालयमा बसोबासका लागि निवेदन दिनुपर्नेछ ।

नयाँ बसोबासको नियमले कतारका स्थानीय पछि आप्रवासीलाई प्रथामिकता दिएको छ । यो नियमले आप्रवासीलाई पनि कतारको निजामती सेवा, सैन्य र सम्पत्तिको स्वामित्व लिन पाउने व्यवस्था गरेको छ । साथै स्थानीयले जस्तै आप्रवासीले पनि शिक्षा र स्वास्थ्यमा पहुँच पाउने व्यवस्था गरिएको छ ।

कतारमा व्यापार गर्नका लागि स्थानीयसँग सहकार्य नगरी व्यापार गर्ने यो व्यवस्थाले छुट दिएको छ । सामान्यतया कतार, साउदी लगायतका खाडीका देशमा आप्रवासीले व्यापार गर्न र त्यहाँ बस्नका लागि स्थानीयसँग मिलेर लगानी गर्नुपर्ने अनिवार्य नियम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट
नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
बैशाख १४ गते आइतबारको राशिफल यस्तो छ
बैशाख १४ गते आइतबारको राशिफल यस्तो छ
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे

तपाईंले छुटाउनुभयो कि?