गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस

सारांश

  • काठमाडौ २०,भदौ।
  • गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँच वटा वार्षिक प्रतिवेदन पेस गरेका छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को २७औं वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेस गरे।

काठमाडौ २०,भदौ। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँच वटा वार्षिक प्रतिवेदन पेस गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को २७औं वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेस गरे।

 नेपाल सरकारको आव २०७३/७४ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७३/७४ को नेपाल सकरारको वार्षिक प्रतिवेदन पनि उनले पेस गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठक कार्य सूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, महान्यायाधिवक्ताको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेस गर्ने भए पनि कार्यसूचीबाट हटाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?