कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन

सारांश

  • सुर्खेत, १० भदौ ।
  • कर्णाली प्रदेशको मिनी संसद् भनेर चिनिने विभिन्न संसदीय समितिहरू अहिले नेतृत्वविहीन छन् ।
  • समिति गठन भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेशका संसदीय समितिहरूले नेतृत्वपाउन सकेका छैनन ।

सुर्खेत, १० भदौ । कर्णाली प्रदेशको मिनी संसद् भनेर चिनिने विभिन्न संसदीय समितिहरू अहिले नेतृत्वविहीन छन् ।
समिति गठन भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेशका संसदीय समितिहरूले नेतृत्वपाउन सकेका छैनन ।कर्णाली प्रदेशसभाको गत चैत २६ गते बसेको दशौँ बैठकले चार वटा संसदीय समिति गठन गरेको थियो । प्रदेशको सभामा विधायन तथा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति गठन गरिएको छ ।

समिति गठन भएको लामो समय बितिसक्दा पनि यहाँका दलहरूले संसदीय समितिहरुमा नेतृत्व छान्न नसक्दा सबै समितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।
पार्र्टी एकताका कारण सबैको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भएको हुँदा संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको नेकपाका सांसद करवीर शाहीले बताउनुभयो । पहिला पार्टीमा नेताको कार्य विभाजन भए संसदीय दलको पदाधिकारी तथा समितिहरुको जिम्मेवारी दिन सजिलो हुने शाहीको भनाइ छ ।
पार्र्टी एकतापछि नेकपाले संसदीय दलको नेता र प्रमुख सचेतकलगायतका संसदीय पदाधिकारी छनोट गर्नसमेत सकेको छैन ।
नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका सांसद यज्ञबहादुर बीसीले सत्तापक्षकै कारण संसदीय समितिहरू नेतृत्वविहीन रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु
जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने
न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने
ट्रम्पकी बुहारीलाई शंकास्पद चिठ्ठी, खोल्दा सेतो पाउडर
ट्रम्पकी बुहारीलाई शंकास्पद चिठ्ठी, खोल्दा सेतो पाउडर
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह
भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह