जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु

सारांश

  • काठमाडौँ , २० जेठ ।
  •   काठमाडौँ महानगरपालिकाले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ ।
  • आइतबार काठमाडौँ महानगरपलिका, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले कार्यक्रममा उपस्थित वृद्धवृदालाई स्वास्थ्य परीक्षण गरी औपचारिक स्वास्थ्य परीक्षण उद्घाटन गरिएकोे थियो ।

काठमाडौँ , २० जेठ ।  काठमाडौँ महानगरपालिकाले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ ।

आइतबार काठमाडौँ महानगरपलिका, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले कार्यक्रममा उपस्थित वृद्धवृदालाई स्वास्थ्य परीक्षण गरी औपचारिक स्वास्थ्य परीक्षण उद्घाटन गरिएकोे थियो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वृद्धावृद्धा सम्मान गर्नु सामाजिक दायित्व रहेको र सम्मान, सद्भावका लागि सबैजनाले जिम्मेबारी बोध गर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा ७ जना वृद्धवृद्धाको उपस्थिति रहेको थियो । सम्मान स्वरुप फलफूल तथा एक जनालाई १२ हजारको दरले चेक वितरण गरिएको थियो ।

शहरी स्वास्थ्य विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले आइतबारबाटै बडा नं ११ बाट स्वास्थ्य परीक्षण सुरु गरिने जनकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?