कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
५२ पटक हेरिएको
Shares
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

सारांश

  • भेरीगङ्गा ।
  • कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् ।
  • प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।

भेरीगङ्गा । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।

विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिजनल इन्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको बताउए । प्रदेशमा अझै छ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

शर्माले भने, “प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएर काम भइरहेको छ ।”

शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी तथा सरसफाइमा रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षणसमेत भइरहेको छ । अहिले प्रदेश सरकार तथा स्थानीय तहले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पुर्‍याउन काम अघि बढाइएको शर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
‘केराको पात’ सार्वजनिक
‘केराको पात’ सार्वजनिक
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि
नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!
प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!
राष्ट्रिय सभा निर्वाचनमा राजपासंग नेकपाको गठबन्धन
राष्ट्रिय सभा निर्वाचनमा राजपासंग नेकपाको गठबन्धन