अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
१४ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?

सारांश

  • काठमाडौं, १० भदौं ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि.
  • वेल्सले भेट गरेका छन् ।

काठमाडौं, १० भदौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्सले भेट गरेका छन् । अध्यक्ष निवास खुमलटारमा आइतवार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको थियो ।

निवासमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, “नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।” अध्यक्ष प्रचण्डले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पारे ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने, “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।” अध्यक्षले शान्ति, समृद्धि र लोकतन्त्र प्रति आफूहरु पूर्ण प्रतिवद्ध रहेको बताउँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुशरण गरिएको बताए ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताइन् । नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उनले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउँदै साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताइन् । मन्त्री वेल्स भनिन्, “नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावनाहरु रहेका छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?