आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
सारांश
- काठमाडौं।
- ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् ।
- पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले बताए।
काठमाडौं। ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् । पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले बताए।
शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ परेका तीनै जनालाई जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएका छन् । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताएको हो ।
गत मंसिर २ गते अफिसबाट घर फर्कंदै गर्दा ललितपुरमा युवतीको सामूहिक बलात्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो। गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ। पीडित पक्षले बलात्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले जनाए ।
प्रतिक्रिया