सर्लाहीको सबै ठाउँका मतपेटिका सदरमुकाममा, ११ बजेदेखि गणना हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३० पटक हेरिएको
Shares
सर्लाहीको सबै ठाउँका मतपेटिका सदरमुकाममा, ११ बजेदेखि गणना हुने

सारांश

  • सर्लाही, मंसिर २२ – सर्लाहीको सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम मलंगवा ल्याइएको छ ।
  • रातिअबेर सम्ममा जिल्लाका ५ सय १६ वटै मतदान केन्द्रको मतपेटिका सदरमुकाम आइपुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।
  • सुरक्षाकर्मी र दलका प्रतिनिधीले कडा सुरक्षाकाबीच मतपेटिका सदरमुकाम पुर्‍याएका हुन् ।

सर्लाही, मंसिर २२ – सर्लाहीको सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम मलंगवा ल्याइएको छ । रातिअबेर सम्ममा जिल्लाका ५ सय १६ वटै मतदान केन्द्रको मतपेटिका सदरमुकाम आइपुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी र दलका प्रतिनिधीले कडा सुरक्षाकाबीच मतपेटिका सदरमुकाम पुर्‍याएका हुन् । तीन लाख ८५ हजार ५ सय ८१ मतदाता रहेका सर्लाहीमा करिव ६५ प्रतिशत मतदान भएको अनुमान छ ।

मुख्य निर्वाचन अधिकृत राजेशकुमार काफ्लेका अनुसार सर्वदलीय बैठक बसेर बिहान ११ बजेदेखि मतगणना गर्ने तयारी भैरहेको छ । ४ प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा क्षेत्र नं. १, ३ र ४ को सर्लाही क्याम्पस र क्षेत्र नं. २ को जिल्ला समन्वय समितिको भवनमा मतगणनाको व्यवस्था गरिएको छ ।

दलका प्रतिनिधिलाई तारजाली बाहिर राखेर कडा सुरक्षाका बीच मतगणना हुने मुख्य निर्वाचन अधिकृत काफ्लेले बताउनुभयो । उहाँका अनुसार केही मतदान केन्द्रमा छिटफुट घटना हुनु बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई सदरमुकाममा मतपेटिका ल्याइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
पुस १४ गते सोमबारको राशिफल यस्तो छ
पुस १४ गते सोमबारको राशिफल यस्तो छ
दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?
दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
यौन र सम्पत्तिका कारण बिग्रदै घरबार
यौन र सम्पत्तिका कारण बिग्रदै घरबार
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा भूमाफियाको यस्तो दवदवा
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा भूमाफियाको यस्तो दवदवा
बिम्स्टेक अध्यक्षता हस्तान्तरण
बिम्स्टेक अध्यक्षता हस्तान्तरण
विदेशमा बस्ने नेपालीले भोट दिन पाउलान् !
विदेशमा बस्ने नेपालीले भोट दिन पाउलान् !
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

तपाईंले छुटाउनुभयो कि?