‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु :निश्चल बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
१६ पटक हेरिएको
Shares
‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु :निश्चल बस्नेत

सारांश

  • काठमाडौं।
  • आजभन्दा ७ वर्षअघि निर्देशक निश्चल बस्नेतले नयाँ शैलीमा फिल्म ‘लुट’ लिएर आए।
  • परम्परागत ढर्राका फिल्म हेरिरहेका दर्शकले ‘लुट’मा नयाँ स्वाद पाए।

काठमाडौं। आजभन्दा ७ वर्षअघि निर्देशक निश्चल बस्नेतले नयाँ शैलीमा फिल्म ‘लुट’ लिएर आए। परम्परागत ढर्राका फिल्म हेरिरहेका दर्शकले ‘लुट’मा नयाँ स्वाद पाए। फिल्म हेर्न दर्शक हलसम्म उर्लिए। बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्यो। पहिलो फिल्मबाटै निश्चल रातारात सेलिब्रेटी निर्देशक बने।उनले दोस्रो फिल्म निर्देशन गरे ‘टलकजंग भर्सेज टुल्के’। द्धन्द्धकालिन घटनामाथि बनेको यस फिल्मलाई पनि दर्शकले रुचाए। यस फिल्मले पनि राम्रो ब्यापार गर्यो।

त्यसपछि निश्चल केही वर्ष निर्देशनबाट टाढा रहे। अनि ‘लुट’को सिक्वेल ‘लुट–२’ निर्देशन गरे। फिल्मले बक्सअफिसमा राम्रो ब्यापार गर्यो। तर, ‘लुट–२’मा निर्देशकीय क्षमताको भने केही आलोचना भयो। त्यसयता निश्चलले फिल्म निर्देशन गरेका छैनन्। बरु, अभिनयमा सक्रिय रहँदै आएका छन्। उनको शिर्ष भूमिका रहेको नयाँ फिल्म ‘घामड शेरे’ आउँदो शुक्रबाटबाट प्रदर्शनमा आउँदैछ।

यस फिल्मको एक पत्रकार भेटघाटमा निश्चललाई निर्देशनबाट पछि हटनुको कारणबारे सोधियो। निश्चलले अहिले बनिरहेका फिल्मभन्दा केही फरक बनाउने कोशिसका कारण निर्देशनमा फर्किन समय लागेको प्रतिक्रिया दिए। म जति फिल्म बनाउँछु भिन्न–भिन्न किसिमको फिल्म बनाउँछु। चलिरहेको ट्रेन्डभन्दा केही फरक हुनुपर्छ भनेर नै म लागिरहेको हु। उस्तै फिल्म बनाउने हो भने म ६-६ महिनामा फिल्म बनाउन सक्छु। मसंग त्यति धेरै स्किृप्टहरु आउँछन्। आइडियाहरु पनि त्यति धेरै छन्’ निश्चल भन्छन्।

उनि आफ्नो लाइफमा निर्देशकका रुपमा थोरै तर राम्रो फिल्म दिने बताउँछन्। अगाडि थप्छन्, ‘मेरो डाइरेक्सनमा तपाईले धेरै फिल्म पाउँनुहुँदैन्। तर मेरो कोशिस यति रहन्छकी ति सबै मार्केटमा चलिरहेको फिल्मभन्दा केही फरक होस्।’ कथाले आफूलाई छुन सकेमात्र फिल्म निर्देशन गर्ने निश्चलको भनाई छ।हेमराज बिसी निर्देशित ‘घामड शेरे’मा निश्चलका साथमा स्वस्तिमा खड्का शिर्ष भूमिकामा छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
पेट्रोल अन्वेषण  सर्वेको काम ८० प्रतिशत सम्पन्न
पेट्रोल अन्वेषण  सर्वेको काम ८० प्रतिशत सम्पन्न
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
प्रचण्डलाई कांग्रेस प्रवक्ताको मुखभरि जवाफ, डा केसीले बन्दुक उठाउनु पथ्र्यो कामरेड ?
प्रचण्डलाई कांग्रेस प्रवक्ताको मुखभरि जवाफ, डा केसीले बन्दुक उठाउनु पथ्र्यो कामरेड ?
निर्वाचन आयोगमा भेटियो यस्तो मनपरि !
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
मिलेर वाम, कब्जा गर्दै दाङ
मिलेर वाम, कब्जा गर्दै दाङ
प्रधानमन्त्री देउवाको जिल्लामा चुनाबि रौनक बढी कांग्रेशमा चरम असन्तुष्टि
प्रधानमन्त्री देउवाको जिल्लामा चुनाबि रौनक बढी कांग्रेशमा चरम असन्तुष्टि

तपाईंले छुटाउनुभयो कि?