विदेशी कामदारका लागि कतारको ६ बुँदे मार्गनिर्देशन, के के भयो सुधार?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
विदेशी कामदारका लागि कतारको ६ बुँदे मार्गनिर्देशन, के के भयो सुधार?

सारांश

  • काठमाडौं ९ कातिक।
  • बैदेशिक रोजगारीमा नेपाली कामदारको प्रमुख गन्तब्य कतारले आप्रवासी कामदारका लागि ६ बुँदे मार्गनिर्देश जारी गर्दै कफला प्रणालीको अन्त्यको व्यवहारिक कदम चालेको छ।
  • अन्तर्राष्ट्रिय क्षेत्रमा आप्रवासी कामदारको स्पोन्सरशीप (प्रयोजन) प्रणाली आलोचना भएपछि दोहाले एक वर्षअघि नै कफला प्रणाली अन्त्य गर्ने घोषणा गरेको थियो।

काठमाडौं ९ कातिक। बैदेशिक रोजगारीमा नेपाली कामदारको प्रमुख गन्तब्य कतारले आप्रवासी कामदारका लागि ६ बुँदे मार्गनिर्देश जारी गर्दै कफला प्रणालीको अन्त्यको व्यवहारिक कदम चालेको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा आप्रवासी कामदारको स्पोन्सरशीप (प्रयोजन) प्रणाली आलोचना भएपछि दोहाले एक वर्षअघि नै कफला प्रणाली अन्त्य गर्ने घोषणा गरेको थियो। सोही घोषणालाई कार्यान्वयन गर्न कतारले ६ बुँदे मार्गनिर्देशन जारी गरेको हो।

सरकारको नयाँ मार्गनिर्देशनमा आप्रवासी कामदारले कतार छाड्दा अनिवार्य रुपमा बुझाउनु पर्ने रोजगारदाताको अनुमति हुनुपर्ने व्यवस्थालाई हटाएको छ। त्यसैगरी जाति र धर्मको आधारमा ज्यालामा रहेको विभेद अन्त्य गर्ने भएको छ। सबै कामदारका लागि समान न्युनमत ज्याला तोकिने भएको छ ।

त्यसैगरी कार्यस्थलमा कामदारको समिति हुने छ र कामदारले नै आफ्नो प्रतिनिधिको चुन्न पाउने छन् । अप्रवासी कामदारका लागि कतार सरकारले नै प्रत्यक्ष रुपमा परिचय पत्र जारी गर्ने छ। पहिलो रोजगारदाताको माध्यमबाट दिने गरिएको थियो । परिचय पत्र नहुँदा कामदारले उपचार पाउन सक्दैन।

त्यसैगरी अप्रवासी कामदारको श्रम सम्झौता कामदार कतार पुगेपछि परिवर्तन गर्न पाइने छैन । पहिलो कामदारको श्रम सम्झौता परिवर्तन गरेर अर्को न्युन ज्याला भएको काममा लगाउने घटना हुने गरेका थिए ।

कामदारको समस्या समाधानका लागि गुनासो समिति गठन गरिने छ। त्यसले निश्चित समयभित्र गुनासो सम्बोधन गर्ने व्यवस्था गरिने भएको छ ।

आधुनिकयुगको दासत्वको रुपमा परिभाषित गरिदै आएको कफला प्रणाली कतारको अतिरिक्त लेबनान, बहराइन, इराक, जोर्डन, ओमान, साउदी अरब र युएइमा रहेको छ ।

मजदुरहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल ट्रेड युनियन कन्फिडेसन(आटियुसी)की महासचिव सारा ब्रुरोले विज्ञप्ती जारी गर्दै कतारले जारी गरेको मार्गनिर्देशनले कतारमा आधुनिक युगको दासत्व अन्त्य गर्ने वास्तविक सुधार भएको बताएकी छिन। ‘यसले कामदारको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय कानुन पुरा गर्ने बाटोमा अघि बढेको छ’ ब्रुरोले भनेकी छन्,

कतारमा करिब पाँच लाख नेपाली बैदेशिक रोजगारीमा रहेका छन् । अधिकांश नेपाली निर्माण क्षेत्रमा मजदुरी गर्छन।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?