स्याङ्जामा एेतिहासिक प्याराग्लाइडिङ वर्ल्ड कप !
सारांश
- काठमाडाैँ, १४ कात्तिक ।
- नेपालकाे खेल इतिहासमै पहिलाे पटक हुन लागेकाे पाराग्लाइडिङ एकुरेसी वर्ल्ड कप विहिबार देखि स्याङ्जामा सुरु हुँदैछ ।
- जिल्ला समन्वय समिति स्याङ्जा, स्याङ्जाका स्थानीय तहको मुख्य समन्वय तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जाकाे भिरकाेट नगरपालिका ५ स्वरेक मैदानमा विश्वकप हुने भएको हो ।
काठमाडाैँ, १४ कात्तिक । नेपालकाे खेल इतिहासमै पहिलाे पटक हुन लागेकाे पाराग्लाइडिङ एकुरेसी वर्ल्ड कप विहिबार देखि स्याङ्जामा सुरु हुँदैछ । जिल्ला समन्वय समिति स्याङ्जा, स्याङ्जाका स्थानीय तहको मुख्य समन्वय तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जाकाे भिरकाेट नगरपालिका ५ स्वरेक मैदानमा विश्वकप हुने भएको हो । प्रतियाेगिता कात्तिक १५ देखि १८ सम्म चल्नेछ ।

प्रतिस्पर्धी भीरकोट नगरपालिका –५, स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका ११ को डौंवा फाँटमा अवतरण गर्नेछन् । स्वर्ण, रजत र कास्य गरी ४० पदक र ४ वटा विश्वकप ट्रफीका लागि महिला एवं पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा नेपालसहित फ्रान्स, जापान, कोरिया, ब्रिटेन, क्यानडा, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, टर्की, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इजिप्ट, इरानलगायत झण्डै ३० देशका खेलाडीहरुबीच सामूहिक र व्यक्तिगत प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक समितिले जनाएको छ ।

नेपाल पर्यटन वर्ष २०२० मा हवाइ पर्यटककाे सङ्ख्या वृद्धि गर्ने तथा नेपालका हवाइ गन्तव्यकाे अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रतियाेगिताकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ । साथै नेपाली हवाइ खेलाडीकाे प्रवर्द्धन तथा अाँधिखाेला भ्यालीका सम्भावित क्षेत्रलाई एसियन स्पाेर्टस जाेनका रुपमा विकास गर्ने उद्देश्यका साथ प्रतियाेताकाे अायाेजना गरिएकाे अायाेजक समितिले बतायाे ।

पहिलेदेखि नै प्याराग्लाइडिङ हुँदै अाएकाे भिरकाेट नगरपालिका ५ मैदानमा केही महिना अघि पनि अन्तर्राष्ट्रिय स्तरकाे प्याराग्लाइडिङ प्रतियाेगिता भएकाे थियाे ।
तस्वीरः







तस्वीरः ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ वर्ल्ड कप एकुरेसी २०१८ अफिसिअल’ फेसबुक पेज मार्फत साभार
प्रतिक्रिया