संसद् अवरुद्ध नगर्ने प्रतिपक्ष दलको निर्णय
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने सहमत भएको छ।
- कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भएको कांग्रेससहित समाजवादी पार्टी र राजपाबीचको बैठकमा संसद् अवरुद्ध नगर्ने विषयमा समझदारी भएको हो।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने सहमत भएको छ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भएको कांग्रेससहित समाजवादी पार्टी र राजपाबीचको बैठकमा संसद् अवरुद्ध नगर्ने विषयमा समझदारी भएको हो।
कांग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन्। संसद् अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसद्मा राख्ने तय गरेका हुन्।

फागुन ८ गते बसेको संसद्को बैठकमा कांग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद् अवरुद्ध गरेको अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग राखेको थियो। तर, प्रतिपक्ष दल बाँस्कोटाले राजीनामा दिएसँगै संसद् सुचारु गर्न दिन लचिलो भएको हो।
तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ।
तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ।
छलफलमा कांग्रेसका सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया, राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्णलगायतका नेताहरूको सहभागिता रहेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया