एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनुपर्ने बताएका छन् ।
- नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनुपर्ने बताएका छन् ।
नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“सबैभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनुपर्छ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ ” प्रधानमन्त्री ओलीले भने, “देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यबहार गर्नु भएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।”
प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१९ भरिमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “भ्रमण बर्ष भब्यताका साथ सफल पार्नु पर्दछ ” प्रधानमन्त्रीले भने, “यसका लागि सबैले जुट्नुपर्छ ।”
प्रतिक्रिया