कलिला किशोरीसँग रमाउने लत लागेका अर्बपति फन्दामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कलिला किशोरीसँग रमाउने लत लागेका अर्बपति फन्दामा

सारांश

  • उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो ।
  • केही त मात्र १४ वर्षका हुन्थे ।
  • कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो ।

उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन तयार हुन्थे । आफ्ना सहयोगीहरुलाई यौन सम्पर्कका लागि किशोरीहरु तयार गर्न लगाउँथे । पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो ।

अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको जीवनशैली हो यो । उनले जीवनमा धेरै मस्ती गरे । मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग यौन सम्पर्क गर्दै यौनको मृगतृष्णामा भौतारिए । जुन किशोरी उनीसँग यौन सम्पर्क गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे ।

एकैपल्ट एकभन्दा बढी किशोरीसँग यौन सम्पर्क गर्थे । हात र सेक्सटोयमार्फत् समेत गुप्तांग चलाउँथे । उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे । पैसा र शक्तिको दुरुपयोग गरिरहे । किशोरीहरुलाई मसाज गर्न लगाउँथे । नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसिसकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई

आफ्नो विशेष ठाउँमा भेट्थे । उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे । अमेरिकी अर्बपतिहरुमाझ जेफ्री राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए । डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन् ।

ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए । बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ । दर्जनौं कम उमेरका केटीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको छ । उनलाई शनिबार न्युयोर्क प्रहरीले पक्राउ गरेको छ । कलिला केटीहरुसँग यौन सम्पर्क गरेको, महिलालाई

यौनका लागि तस्करी गरेको लगायतको  अभियोगमा पक्राउ गरिएका हुन् । विगतमा महिलामाथि यौनहिंसाको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई यसटकको अभियोग गम्भीर छ । ६६ वर्षीय अर्बपतिमाथि यौनसम्बन्धि रिङ चलाएको अभियोग समेत छ । त्यही रिङमार्फत् किशोरीहरु भेट्थे । उनले किशोरी भनेको

समयमा पाइहाल्ने अवस्था बनाएका थिए । न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे । अहिले उनका सबै कर्तुतहरु बाहिर आएको छ । दर्जनौं कम उमेरका किशोरीले उनीविरुद्ध उजूरी गरेका छन् । अब उनले कठोर जेलसजाय भोग्नुपर्ने हुनसक्छ । यस घटनालाई पश्चिमा सञ्चारमाध्यमहरुले निकै महत्वका साथ खबर संप्रेशण गरिरहेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङमा भूकम्पको धक्का
मनाङमा भूकम्पको धक्का
मलामी विश्रामगृह र शवदाह स्थल
मलामी विश्रामगृह र शवदाह स्थल
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
कांग्रेससँग ११ करोड ८० लाख सम्पत्ति
कांग्रेससँग ११ करोड ८० लाख सम्पत्ति
नेपाललाई सिरिजको उपाधी, करण र दीपेन्द्रको अलराउण्ड प्रदर्शन
नेपाललाई सिरिजको उपाधी, करण र दीपेन्द्रको अलराउण्ड प्रदर्शन
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
२४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
२४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को
चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को
बौद्ध  दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
बौद्ध दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !

तपाईंले छुटाउनुभयो कि?