पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद

सारांश

  • काठमाडौं ।
  • उच्च अदालत पाटनले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ ।
  • अदालतले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई सो फैसला सुनाएको हो ।

काठमाडौं । उच्च अदालत पाटनले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ ।

अदालतले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई सो फैसला सुनाएको हो ।

अदालतका न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको संयुक्त इजालसले जिल्ला अदालतको फैसला उल्टाउँदै उनीहरुलाई सजाय थप गरेको हो ।

यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए । २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?