संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्‍यो : सुवास नेम्वाङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्‍यो : सुवास नेम्वाङ

सारांश

  • पूर्व सभामुख सुवास नेम्वाङले संसदमा प्रतिपक्षी दलले उठाएको कुरा सरकारले बेवास्ता गरेको बताएका छन् ।
  • बिहीबार संसद भवन बानेश्वरमा पूर्व सांसद मञ्चले ६४ औं संसद सेवा दिवसका दिन गरेको कार्यक्रममा बोल्दै नेम्वाङले अर्थमन्त्रीले बजेट ल्याउने अघिल्लो दिन बाहिरी मान्छे अर्थमन्त्रालय लगेर करको दर परिवर्तन गरेको समाचार बाहिरिएपछि प्रतिपक्षी दलले सीसी टिभी हेर्न माग गरेको बताए ।
  • अर्थमन्त्रीले संसदमा त्यस्तो भएको हैन भनेर छुट नपाउने बताउँदै सरकार आफैंले त्यो दिनको फुटेजमा यस्तो देखियो वा यस्तो देखिएन भनेर सार्वजनिक गर्नुपर्ने बताए ।

पूर्व सभामुख सुवास नेम्वाङले संसदमा प्रतिपक्षी दलले उठाएको कुरा सरकारले बेवास्ता गरेको बताएका छन् । बिहीबार संसद भवन बानेश्वरमा पूर्व सांसद मञ्चले ६४ औं संसद सेवा दिवसका दिन गरेको कार्यक्रममा बोल्दै नेम्वाङले अर्थमन्त्रीले बजेट ल्याउने अघिल्लो दिन बाहिरी मान्छे अर्थमन्त्रालय लगेर करको दर परिवर्तन गरेको समाचार बाहिरिएपछि प्रतिपक्षी दलले सीसी टिभी हेर्न माग गरेको बताए ।

अर्थमन्त्रीले संसदमा त्यस्तो भएको हैन भनेर छुट नपाउने बताउँदै सरकार आफैंले त्यो दिनको फुटेजमा यस्तो देखियो वा यस्तो देखिएन भनेर सार्वजनिक गर्नुपर्ने बताए । नेम्वाङले संसद विघटन र अवरोधका बारेमा आफूभन्दा अगाडि बोलेका नेता झलनाथ खनाललाई जवाफ दिँदै विगतमा पनि कसले कसरी संसद अवरोध भएको थियो त्यसको इतिहास हेर्न आग्रह गरे ।

उनले सरकारले बेला बेलामा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर सुझाव लिनुपर्ने बताए । उनले सरकारले प्रधानन्यायाधीश माथि महाभियोग अलपत्र पारेको बताए। प्रतिपक्षी दलले अब महाभियोगमाथि छलफल होला भन्ने सोचेका बेला सरकारले मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेको बताए ।

उनले राजनीतिक दलहरूले देश र जनताका लागि कति बुद्धि विवेक प्रयोग गर्न सक्यौं त्यसबारेमा छलफल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?