कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
सारांश
- भक्तपुुर ।
- गैरनाफामूलक नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेदेखि केही संचालकले कलेजको सम्पत्ति खाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी छानबिन भइरहेको छ ।
- नेपाल इन्जिनियरिङ कलेज गैरनाफामूलक संस्थाका नाममा दर्ता गरिएको छ ।
भक्तपुुर । गैरनाफामूलक नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेदेखि केही संचालकले कलेजको सम्पत्ति खाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी छानबिन भइरहेको छ । नेपाल इन्जिनियरिङ कलेज गैरनाफामूलक संस्थाका नाममा दर्ता गरिएको छ । तर कलेजका अध्यक्ष लम्बोदर न्यौपाने लगायतका केही संचालकहरुले कलेज नाफामूलक हो भनेर १ करोड ५० लाख रुपैयाँका दरले भागबण्डा गरी खाएको बिषयमा अख्तियारदेखि विभिन्न निकायका उजुरी परेको छ ।
गैरनाफामूलक कलेज भनेर दर्ता गरिए पनि अध्यक्ष न्यौपानेलगायतका केही संचालकहरुले नाफा भागबण्डा गरी खाएको बिषय अहिले चर्चामा छ । कलेजका संचालकले गैरकानुनीरुपमा कलेजको नाफामूलक भन्दै कलेजको आम्दानी भागबण्डा गरी लिएको बिषयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोधेबापत अनेरास्ववियुकी केन्द्रिय सचिवालय सदस्य आद्रता रेग्मी र अनेरास्ववियुका क्याम्पस कमिटी नेता सुभाष सुबेदीलाई प्रहरीले हातपात गरेको छ ।
कलेज प्रशासनको इशारामा रेग्मी र सुवेदीलाई दुब्यर्वहार र हातपात भएपछि अनेरास्ववियु आक्रोशित भएको छ । कलेजको बारेमा सोधेबापत अनेरास्ववियुका नेतालाई हातपात र दुब्र्यवहार गर्दै पक्राउ गरी भक्तपुर प्रहरी कार्यालय जगाती प्रहरी चौकीमा थुनेको घटनालाई अनेरास्ववियुले गम्भीर रुपमा लिएको सचिव सुदेश पराजुलीले बताए ।
पराजुलीले यस्ता घटनावाट अनेरास्ववियु अलिकति पनि विचलित छैन साथै गिरफतार गरिएका सचिवालय सदस्य रेग्मी र सुवेदीलाई जोडदार रिहाईको माग गर्दछौं । निजीकरणको माफिÞया लम्बोदर न्यौपानेलाई कानुनी कठघरामा ल्याउन राज्यसँग जोडदार माग गर्दछौ । पराजुलीले सामाजिक संस्थाका रुपमा दर्ता भएको कलेजको कोष खानेलाई कुनै पनि हालतमा नछोड्ने स्पष्ट पार्दै व्यापारीकरण र निजीकरण हुन नदिन अनेरास्ववियु दृढ रहेको बताएका छन् ।
नेपाल इन्जीनीयरिङ कलेजले गैरनाफामूलक भनेरै सरकारबाट भक्तपुरमा १७४ रोपनी जग्गा भोगाधिकार पाएको छ । तर सरकारबाट सामाजिक संस्थाका रुपमा सबै सुविधा लिएर अहिले नाफामूलक हो भनेर भागबण्डा गर्ने लम्बोदर न्यौपानेमाथि अख्तियारले तत्काल कारबाही गर्नुपर्छ ।
न्यौपानेले नेपाल इन्जीनीयरिङ कलेजको आम्दानी बीसौं करोड रुपैयाँ विभिन्न नाममा लिएर अष्टे«लियामा थुप्रै घर किनेको आरोप पनि छ । उनले पछिल्ला दिनमा मिडियादेखि मन्त्री र अख्तियार मिलाउन दीपा केसी कुँवर नामक महिला प्रयोग गर्दैआएका छन् ।
प्रतिक्रिया