प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सारांश

  • काठमाडौं।
  • सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे।

काठमाडौं। सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो। ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो।

सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन्।

आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष,  प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष, प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
प्रेम कथामा फिल्म बनाउँदै नीता ढुङ्गाना
प्रेम कथामा फिल्म बनाउँदै नीता ढुङ्गाना
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
आधा सिलिण्डर ग्यासको मूल्य कहाँ कति ?
आधा सिलिण्डर ग्यासको मूल्य कहाँ कति ?
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !
ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !