कल्पनाको ‘आँखै नलाउनी’ गीत सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कल्पनाको ‘आँखै नलाउनी’ गीत सार्वजनिक (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • सुनखानी म्युजिक प्रा.
  • लि.

काठमाडौं । सुनखानी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका कल्पना सुनुवारको ‘आँखै नलाउनी’ बोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा चर्चित गीतकार, संगीतकार तथा गायक बिरही कार्कीले शब्द तथा संगीत भरेका छन् । जसमा गायक कार्की र गायिका सुनुवारको सुमधुर स्वर रहेको छ । गीतको संगीत संयोजन भने गायक तथा संगीत संयोजक कमल सौरागले गरेका हुन् ।

गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । जसलाई क्रान्ती केसीले निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै ब्यस्त रहेका चर्चित मोडल दुर्गेश थापा र रश्मी तामाङको नृत्य रहेको छ ।

भिडियोलाई अजय रेग्मीलले छायांकन गरेका हुन्, भने निर्देशक केसीले नै सम्पादन गरेका हुन् । उक्त गीतलाई बजार व्यवस्थापन भने सुनखानी म्युजिक प्रा.लि.ले नै गरेको छ ।

केही समयअघि गायिका सुनुवारले ‘डाँडैमा बिजुली आयो’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेकी थिईन् । जसलाई कार्की र सुनुवारले नै स्वर भरेका थिए । गीत निकै चर्चित बन्न सफल भएको थियो । जसले ‘म्युजिक खबर म्युजिक अवार्ड–२०७४’मा सर्बोत्कृष्ट नव–गायिका, निर्देशक र मोडलको अवार्ड जित्न सफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?