कसले खाने तीते करेला ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
कसले खाने तीते करेला ?

सारांश

  • खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ ।
  • करेलाका केही फाइदा यस्ता छन्ः   – शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ ।
  • करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ ।

खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः  
– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ ।
– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।
– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
–    कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
–    डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
–    करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।
–    बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?