हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित

सारांश

  • बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ ।
  • ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो ।
  • सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना कार्यक्रममा सातभन्दा बढी अन्तर्रा्ष्ट्रिय सङ्घसंस्था साझेदारका रूपमा रहेका छन् । अहिले परीक्षणका रुपमा परियोजनाका कार्यक्रम सञ्चालन गरिएको छ । परीक्षण अवधि समाप्त भएपछि परियोजना पूर्णरुपमा सञ्चालनमा आउने अध्यक्ष कक्षपतिले बताउनुभयो ।

परियोजना सञ्चालन हुने भएपछि त्यहाँका जनप्रतिनिधि र स्थानीयवासी उत्साहित भएका छन् । “‘हरित खजुरा’ परियोजना हाम्रा लागि ठूलो अवसर र चुनौती दुवै हो, यो परियोजनाले गाउँपालिकाको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिएका छौँ”, स्थानीयविज्ञ पूर्णप्रसाद उपाध्यायले भन्नुभयो ।

परियोजनाअन्तर्गत कृषि, सिँचाइ, विद्युतीकरण, प्रविधिको विकास, उन्नत बीउबिजन, वनजङ्गल संरक्षण, वृक्षरोपणलगायतका विषयवस्तु समेटिएको छ । परियोजनाले खजुरा गाउँपालिकाको गरीबी न्यूनीकरण गर्नुका साथै हरित शहरको विकास गरी गाउँपालिकालाई नमूना शहरमा रूपान्तरण गर्ने अपेक्षा लिइएको छ ।

कक्षपतिका अनुसार, हरित खजुरा परियोजना नेपालमै एउटा नौलो परियोजना हो । परियोजनाले कृषि, पशुपालनलगायत सबै पक्षलाई समेटेको छ । आधुनिक तथा वैज्ञानिकरूपमा खेती गर्नका लागि सिँचाइ, प्रविधि, उन्नत बीउबिजनलगायतका सामग्रीमा अनुदान प्रदान गरिनेछ भने पशुपालनका लागि पनि आवश्यक सामग्री परियोजनाले उपलब्ध गराउनेछ । करीब ५० हजार जनसङ्ख्या रहेको बाँकेको खजुरा गाउँपालिकामा झण्डै ९० प्रतिशत घरधुरी कृषि पेशा, व्यवसायमा आबद्ध छन् । उनीहरु सबैलाई परियोजनाको कार्यक्रमभित्र समेट्ने लक्ष्य तय गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माण

लामो दूरीका लागि सञ्चालन हुने अत्याधुनिक नेपालगञ्ज बसपार्क निर्माणको काम करीब सकिएको छ । डेढ वर्षमा सक्नुपर्ने निर्माणको काम त्यति नै समय ढिला गरी तीन वर्षमा सकिएको हो । “फिनिसिङको काम मात्र बाँकी छ, एक साताभित्र बसपार्क सञ्चालनमा आउनेछ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भन्नुभयो ।

खानेपानी ट्याङ्कीका लागि बोरिङ गाड्ने र शौचालयको सेफ्टीट्याङ्की निर्माणको केही प्रतिशत काम मात्र बाँकी रहेको प्याकुरेलले बताउनुभयो । नगर कोषको ऋण सहयोगमा उपमहानगरपालिकाले रु १४ करोड ९४ लाखमा अत्याधुनिक बसपार्क निर्माणको ठेक्का दिएको थियोे । झण्डै १४३ बस पार्किङ गर्नसक्ने क्षमताको टर्मिनल भवन, आधुनिक टिकट काउन्टर, तीन पसलसहितको भवन बसपार्कमा निर्माण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति
१० महिनामा ५ लाखलाई श्रमस्वीकृति
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
म्यूजिक सुन्दै निदाउनु सही वा गलत?
म्यूजिक सुन्दै निदाउनु सही वा गलत?
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय