जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
सारांश
- काठमाडाै, ३१ वैशाख ।
- दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
- वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा मुख्यमन्त्री लालबाबु राउतले राज्यको विभेदकारी नीतिका कारण मधेश पछाडि परेको अभिव्यक्ति दिएका थिए।
काठमाडाै, ३१ वैशाख । दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा मुख्यमन्त्री लालबाबु राउतले राज्यको विभेदकारी नीतिका कारण मधेश पछाडि परेको अभिव्यक्ति दिएका थिए।
मुख्यमन्त्री जस्तो व्यक्तिले विदेशी पाहुनाको सामुन्ने त्यस्तो अभिव्यक्ति दिन नहुने धारणाहरु आइरहेका छन् । मुख्यमन्त्री राउतले आफ्नो मन्तव्यमा भनेका थिए,–यो प्रदेश आर्थिक रुपमा अत्यन्त पिछडिएको हो । राज्यद्धारा मधेशीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवं विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेशका जनता तुलनात्मक रुपले अत्याधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शाषित एवं उत्पीडित जीवन जिउनका लागि बाध्य छन् ।
मधेश विकासको मामलामा निकै पछाडी परेको हो । हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशीक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अंग हौ तर हामी चाहन्छौ कि हाम्रो देशमा पनि विना भेदभाव पूर्ण कुनै पनि जाती, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् जस्तो की महामहीम तपाई एक समान्य परिवारको हुँदा हुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ ।’
उनले आफ्नो मन्तव्यमा नेपाली भएको स्वीकार गरेका छैन । उनले नेपालको अभिन्न अंग रहेको मात्र भनेका छन् । अर्को कुरा उनी आफैँ एउटा राज्यको मुख्यमन्त्री छन् । नेपालका सविधानलाई स्वीकार गर्दै सपथग्रहण गरि मुख्यमन्त्री बनेका छन् तर उनलेका भनेका छन्, ‘हाम्रो संघर्ष आज पनि विभेदकारी सविधान र प्रादेशिक अधिकारका लागि जारी छ ।’ यिनै अभिव्यक्तिको बारेमा विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ ।
प्रध्यापक डा भोगेन्द्र झाले मुख्यमन्त्री राउतले दिनुभएको अभिव्यक्ति गलत होइन तर त्यस्तो अभिव्यक्ति दिने त्यो मञ्च उपयुक्त नरहेको बताउँछन् ।
उनले भने, शुरु शुरुमा मैले पनि त्यो अभिव्यक्ति सुन्दा कस्तो अनौठो लागेको थियो तर पछि ठिकै हो जस्तो लाग्यो । मास हेरेर, अवस्था हेरेर उहाँले त्यो अभिव्यक्ति दिनुभएको छ । आन्दोलनकारीका लागि राम्रो विषय उठाई दिनुभयो । विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुभयो । तर, त्यो प्लेटफर्म थिएन, मुख्यमन्त्रीका लागि बाध्यता थियो ।’
लालबाबु राउत मुख्यमन्त्रीमा नियुक्त भएदेखि नै राज्यप्रति आक्रमक भएका छन् । गत फागुन ३ गते लालबाबु राउतले मुख्यमन्त्री पदमा सपथ लिएपछि उनले १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा पत्र लेखेर प्रदेश सरकारप्रति केन्द्र सरकारले विभेद गरेको केही सुविधा नदिएको भनि आरोप लगाएका थिए । मुख्यमन्त्री पदमा सपथ लिएको १० दिन नपुग्दै केन्द्रको आलोचना गर्दा त्यतिबेला पनि उनको पनि टिक्का टिप्पणी भएको थियो ।
त्यति मात्र होइन, त्यसको भोलीपल्ट अर्थात फागुन १३ गते प्रदेश सरकारले गर्ने ११ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका थिए । आफ्ना सरकारका मन्त्रीहरुसँग सल्लाहै नगरिकन हतार हतारमा जारी गरेको सो प्रतिबद्धतापत्र पनि आलोचित भएको थियो । प्रदेश सरकारले पूर्णता पाएको थिएन । मुख्यमन्त्रीसहित दुईजना मन्त्री मात्र थिए तर मुख्यमन्त्री राउतले हतार हतार गरेर आफू खुशी प्रतिबद्धतापत्र जारी गरेका थिए ।
फागुनदेखि हालसम्म उनका यस्ता धेरै फण्डाहरु छन् । जसले उनलाई आलोचित बनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन कार्यक्रममा पनि उनले उत्तेजित मन्तव्य दिएर आलोचित भएका छन् । नागरिक दैनिकमा कार्यरत पत्रकार सुरेश यादव भन्छन्, ‘मुख्यमन्त्री राउतले दिनुएको अभिव्यक्तिले एकातिर उत्साहित बनाएको छ भने अर्कोतिर उहाँको आलोचना पनि भइरहेको छ ।’
आन्दोलनका मुड भएका, आन्दोलन गरिरहेकाहरुका लागि त्यो अभिव्यक्ति जोशिला रहेको थियो तर प्रतिपक्षि दल तथा नागरिक समाज र बुद्धिजिवी स्तरमा त्यसलाई अनौठो रुपमा लिएका छन् । कुरा सहि भएपनि मञ्च सही नभएको अधिकाँशको धर्ना रहेको पत्रकार यादवको भनाई छ ।
नेपाली काँग्रेसका धनुषा जिल्ला सभापति सरोज यादवले मुख्यमन्त्री राउतले केटाकेटपन देखाएको टिप्पणी गरे । उनले भने, मुख्यमन्त्रीजीले जुन कुरा उठाउनुभएको छ त्यो हाम्रो आन्तरिक कुरा हो । यसलाई हामी आन्तरिक रुपमा मिलाउन सक्छौ । अर्का देशका प्रधानमन्त्री समक्ष त्यस्तो कुरा राख्नु भनेको कुटनीतिक मार्यादा विपरित कार्य भएको छ ।’
भारतमा पनि पिछडिएका समुदाय छन्, त्यहाँ पनि अधिकारका लागि संघर्षहरु भइरहेका छन् तर हाम्रा देशका प्रधानमन्त्री जाँदा कसैले कुरा राख्दैन त, हरेक देशमा यस्तो समस्या छ, उनले भने, हरेक विषय उठाउनेको एउटा मार्यादा हुन्छ, एउटा मञ्च हुन्छ जे कुरा पनि जहाँसुकै उठाउनु हुँदैन त्यसले अरुलाई ‘इरिटेड’ गर्न सक्छ ।’
उनले प्रदेश प्रमुखले दिएको अभिव्यक्तिको बारेमा आफ्नो पार्टीले प्रदेश संसदमा उठाउने पनि बताए।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई बचाउ गर्दै भने, ‘हामीले आफ्नो पीडा जहाँ पनि राख्न सक्छौ । यो कुनै नयाँ कुरा होइन ।’
उनले मुख्यमन्त्री राउतको मार्फत मधेशको पीडा व्यक्त भएको बताउँदै यो कुरा आफूहरुले सबै ठाउँमा उठाएको बताए । आफ्नो पीडा छिमेकीलाई नसुनाउने हो भने कहाँ सुनाउने हो रु घरमा आएका पाहुनालाई आफ्ना घरका दुःख सुखका कुरा पनि राख्छन् र हामीले पनि त्यही गर्यौं, उनले भने, ‘कुन कुरा कहाँ राख्नुपर्छ त्यो हामीलाई राम्रोसँग थाहा छ ।’
सोही पार्टीका सहमहामन्त्री डा सुरेन्द्र झा भन्छन्, ‘केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँले मधेशी दलसँग सहमतिका लागि चार बुँदे सम्झौता पत्र दिएर कमल थापालाई भारत पठाउन हुने भारतका प्रधानमन्त्री नेपाल आएको बेला त्यही कुरा मौखिक रुपमा राख्न किन नहुने? हाम्रा मुख्यमन्त्रीले राख्नुभएको कुरा एकदम जायज छ, मधेशमा यसको स्वागत भइरहेको छ ।’
अर्का प्रध्यापक डा।सुरेन्द्र लाभले मुख्यमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छन् । मुख्यमन्त्री राउतले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा जुन अभिव्यक्ति दिएका त्यो सकारात्मक रहेको उनले बताए ।
मुख्यमन्त्री राउतले आन्दोलनको भावना अनुसार कुरा राख्नुभएको भन्दै लालले मुख्यमन्त्रीले राखेको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री मोदीलाई पनि थाहा भएको र थाहा भएको कुरा राख्दा त्यसमा कुनै आपत्ति गर्न नहुने बताए ।
काठमाडौंवालाहरुले यस विषयलाई अलि बढी उचालेको समेत उनले टिप्पणी गरे । यसलाई अनावश्यक भयावह बनाउन नहुने भन्दै उनले मुख्यमन्त्री राउतले मधेशी जनताको भावना अभिव्यक्त गरेको बताए ।
वामबुद्धि एवं साहित्यकार रोशन जनकपुरीले मुख्यमन्त्री राउतले दिएका अभिव्यक्ति गलत भएको बताए ।
उनले भने, ‘हरेक कुरा राख्नेको एउटा ठाउँ हुन्छ । मुख्यमन्त्रीजीले राख्नुभएको कुरा सबैलाई थाहा भएको कुरा हो । तर, कुनै अर्को देशको प्रधानमन्त्री जो राजकीय भ्रमणमा आउनुभएको थियो । त्यसमा पनि उहाँको नागरिक अभिनन्दन थियो । त्यस्तो बेलामा आफ्नो देशको आन्तरिक कुरा राख्नु हुँदैन्थ्यो ।’
आन्तरिक कुरा त यहाँका राज्यसँग लडेर, भिडेर लिन सकिन्छ । आन्तरिक रुपमा समाधान गर्न सकिन्छ तर मुख्यमन्त्रीजीले त्यसको मार्यादा राख्नुपर्ने थियो त्यसमा कमजोरी देखिएको उनले बताए ।
कलाकार एवं प्राज्ञ रमेश रञ्जन झाले आफ्नो फेसबुकमार्फत पनि मुख्यमन्त्री राउतको अभिव्यक्तिको विरोध गरेका छन् ।
मुख्यमन्त्री राउतले आफ्नो अभिव्यक्ति राख्ने क्रममा मार्यादा बिर्सेको उनले बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘मुख्यमन्त्री राउतले राख्नुभएको अभिव्यक्ति कुटनीतिक मार्यादा विपरित हो । भारतका प्रधानमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो । जनकपुर भ्रमण उहाँको धार्मिक भ्रमण थियो । यो कुरा मोदीले पनि भन्नुभएको थियो । राजनीतिक भ्रमण थिएन तर मुख्यमन्त्रीजीले राजनीतिक कुरा राखेर कुटनीतिक मार्यादा उल्लघंन गर्नुभयो ।’
Dhan Shrestha
Janakpur jell ma hala
Kabita Rumba
Sahi kura garnu vayo yesko pad matra haina des nikala garnu parxa
Rudra Ghimire
Right out gar job bata yo rastya ghati ho
Balaramrai Balaramrai
Good
Sa Za An
nepali ko naaam ma dhoti .mc le nepal ma raaj garna napauni ..
Binod Rajbahak
देशका virus ….
Madhav Upadhyay
Good
Krishna Budha
Good Ramiro
Bajra Gurung
Sachet garaun tara aba dherai kura nauchalaun
Resham Bhadur Simkhada
Turunta out hunipr6
Balaram Dahal
जादैन जादैन केही हुनेवाला छैन
Desh Kumar Raii
gahkahi ramro dimak nahvako mantiri ko xahinah
Bomjan Bomjan
Rip rip rip rip rip
Rambabu Sony
Chup topiharu
Naina Gurung
Out
Lb Gurung
Na chaine kaam garepachhi hunxa ta
Bindeshwar Yadav
Kp Ollie jagir diyeko ho ra cm lalbabuko pad dharapma hunx? PRADES 2 ko JANTA le aafno amulya mat diyera jitayera banayeka cm ho lalbabu raut. Sabailai chetna vaya.
Rajiv Sah
Good
गणेश बास्तोला झापाली
लात हानेर निकाल साले कुत्ता लाइ
Bhim Rawal
Dhoti
Deep Lamaa
अखेरिमा मुसुलमान मुख्या मंन्त्रिले अाफ्नो अाैउकात देखाइहाले एस्ता मादरचाेद ले पनि जन्तालाई मिलाएरा राख्ना सक्छा
Sanjay Yadav
Kasko himat x ra
Mahendra Chaudhary
thik gareko xa lalbaboo rautle
Yagna Kandel
यो मोदिको बेता को दुइनम्बर से हताउन पदेका
Thapachhabiraj Thapa
Tatkal rajinama garnu parx
Anoop Silwal
Nikal yesta chor lai
Tanka Giri
यो धोती लाई पद भारतले दिन्छ उतै जाओस यस्लाइ पद मात्र हैन नागरिकता पनि खोसेर देश निकाला गर्नु पर्छ