कसले गराइरहेछ बम विस्फोट ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कसले गराइरहेछ बम विस्फोट ?

सारांश

  • प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन ।
  • विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।
  • शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमाण्ड पोस्टको बैठक बस्यो ।

प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।

शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमाण्ड पोस्टको बैठक बस्यो । बैठक लगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समुहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन । ‘कुन समुहले, कुन झण्डा र ब्यानरमा विस्फोटलगायतका गतिविधी गर्‍यो भन्दा पनि कसले गर्‍यो भन्ने महत्वपुर्ण कुरा हो’, उनले भने ।

उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामुहिक कामको उपज भन्दा पनि व्यक्ती केन्द्रित घटनाका रुपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए ।

गृहको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीस्थित विमानस्थलमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै ‘निर्वाचन केन्द्रित अराजक तत्व’ले देशका विभिन्न स्थानमा गराइरहेका विस्फोटका घटना निन्दनिय रहेको बताए । प्रधानमन्त्रीले पनि विस्फोटका घटनामा विप्लव माओवादीको संग्लनताबारे केही बोलेनन् ।

उच्च सुरक्षा अधिकारीका अनुसार बैठकमा विप्लव माओवादीका ठुला नेता कहाँ छन भन्नेबारे पनि प्रसंग उठेको थियो । स्रोतका अनुसार त्यस्तो प्रसंगमा प्रहरी महानिरिक्षक प्रकाश अर्यालले विप्लवका नेता भुमिगत भएको बताएका थिए । घटनाबारे विप्लव नेतृत्वले जिम्मा नलिएसम्म उक्त पार्टीलाई मुछ्ने तयारीमा गृह मन्त्रालय देखिन्न ।

विप्लव नेतृत्वको नेकपा माओवादीले एक पछि अर्को विस्फोटका घटना गराइरहेको बारे सुरक्षा निकाय जानकार नभएको होइन । तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको गृहले विप्लव माओवादीलाई कसरी हेर्ने भन्नेबारे सुरक्षा निकायलाई कुनै निर्देशन दिएको छैन् ।

गृह (प्रधान) मन्त्रीको प्रत्यक्ष नीति र निर्देशन अभाव मन्त्रालयले खप्नु परेको प्रमाणका रुपमा श्रृखलाबद्ध विस्फोटका घटनापछि पनि मन्त्रालयको कार्यशैलीमा कुनै बदलाव नआउनुको तथ्यलाई अघि सार्छन् । मन्त्रालयमा सुरक्षा समिति र केन्द्रिय कमाण्ड पोस्टको निरन्तर बैठक बसी रहेछ, तर त्यस्ता बैठकले घटनाको समिक्षाबाहेक कुनै नयाँ रणनीति तय गर्न सकेको देखिदैन ।

शनिबारको बैठकपछि गृह प्रवक्ता दुवाडीले निर्वाचन विरोधी गतिविधी नियन्त्रण गर्न कडा सुरक्षा प्रबन्ध गरिएको दाबी गरे । गृह सचिव मोहनकृष्ण सापकोटाले पनि साताअघिको पत्रकार सम्मेलनमा दुवाडीले जस्तै सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरेका थिए । गृह सचिवको त्यस्तो दावीलगत्तै एक सातामा करिब दुई दर्जन विस्फोट भइसकेका छन ।

दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित विस्फोटमा एक म्यादी प्रहरीको मृत्युपछि पनि गृहले सुरक्षा कडा पारिएको शब्दावली समेटेर गत बुधबार विज्ञप्ती जारी गरेको थियो । विज्ञप्तीमा समेत निर्वाचन विरोधी आपराधिक गतिवधी भन्ने शब्द प्रयोग गरिए पनि त्यस्तो गतिविधी गर्ने को थिए र कसको निर्देशनमा भईरहेको छ भन्नेबारे केही उल्लेख गरिएन ।

प्रहरीले लगातारजसो विप्लव माओवादीले घटना गराएको बताईरहँदा पनि गृहले यसबारे मुख खोलेको छैन् । नेपाल प्रहरीका पुर्व डिआईजी हेमन्त मल्ल विस्फोटका घटना कसले र किन घटाईरहेको छ भन्नेबारे सरकारको प्रस्ट धारणाको खाँचो देख्छन् । ‘गृहले प्रस्ट धारणा सार्वजनिक नगर्दा सुरक्षा निकायलाई आवश्यक कारबाही गर्न अप्ठ्यारो पर्न सक्छ’ उनले भने, ‘यतिका धेरै विस्फोट हुँदा पनि मन्त्रालयले भन्न हिचकिचाइरहेको छ ।’

एक पछि अर्को विष्फोट भइरहँदा पनि संग्लनको पहिचान र पक्राउ गर्न सुरक्षा निकाय चुकिरहेको छ । शुक्रबार साँझ कुपण्डोल क्षेत्रमा भएको विस्फोट कस्तो प्रकृतीको थियो र त्यसमा संग्लन को थियो भन्नेबारे प्रहरीसँग कुनै स्पष्ट सुचना छैन् ।

प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरका अनुसार कस्तो प्रकृतीको विस्फोट भन्नेबारे केही यकिन गर्न सकिएको छैन । एसएसपी ऐर घटनामा संग्लनबारे केही सुराकी नमिले पनि विस्फोट विप्लव माओवादीले नै गरेको हुनसक्ने बताउन भने चुक्दैनन् । कान्तिपुरबाट

(Alprazolam)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gb Chettri

    अपरिचित अग्यात समूह होक्या यो बम पड्काउने यिनी हरुत अर्कै धुर्वका एलियन हुन्क्या प्रहरी को नजर्मा आज एता प्रकाउछन भोलि उता होइन्त सर्म धर्म हराएका प्रहरिहुन नेपाल्का एबाबा यदि प्रहरी ले चाह्यो भने आजको भोलि नै कोहो केहो एका एक पकड्न प्रहारी सक्ष्यम छ तर याहा कुरो छ गृहमन्त्री नहुनुको गृहर प्रम यौटै छ तेसैले प्रहरी निष्क्रिय भएर डुटि गरि राछ यत्रो लामो समय सम्म कुनै देश हुन्छ गृहमन्त्री बिहिन ? लाज लाग्दैन प्रम लाई अनि भएन शान्ती सुरक्ष्या आफै बोक्सी आफै धामी भएर हुन्छ सर्म हराएका प्र म।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
ओली र मोदीद्वारा आ-आफ्ना मुलुकमा भ्रमणको निम्तो
ओली र मोदीद्वारा आ-आफ्ना मुलुकमा भ्रमणको निम्तो
राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि, जित्लान  त सिटौला ले ?
कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि, जित्लान त सिटौला ले ?
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश

तपाईंले छुटाउनुभयो कि?