भवन निर्माणमा लागि पाँचदेखि १५ करोडसम्म

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
भवन निर्माणमा लागि पाँचदेखि १५ करोडसम्म

सारांश

  • काठमाडौँ, ३० साउन  ।
  • स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

काठमाडौँ, ३० साउन  । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु आठ करोड र गाउँपालिकालाई रु पाँच करोड रकम दिने भएको छ । आफ्ना भवन नहँुदा स्थानीय तहलाई काममा समस्या भएको छ । “सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौँ ,” उनले भने  ।

मन्त्रालयले सवै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ । प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ । सात सय ५३ स्थानीय तहमा करीब छ हजार ६६८ वडा कार्यालय छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
Meet Television and Bollywood celebrities who died during their project!
Meet Television and Bollywood celebrities who died during their project!
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !
दाङको तुलसीपुरमा बम विष्फोट, मतदान जारी