शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला

सारांश

  • मितिः असार १५, २०७६ टिच फर नेपालले वर्ष २०७७ ७९ का लागि फेलोसिपको आवेदन खुला गरेको छ ।
  • शनिवार आयोजित वाकाथन कार्यक्रममा टिच फर नेपालका रिक्रुटमेन्ट डिरेक्टर शैलेन्द्र झाले उक्त आवेदन खुला गरेको घोषणा गरेका हुन ।
  • ग्रामीण क्षेत्रका विद्यार्थीहरू दैनिक २ देखि ४ घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा टिच फर नेपालले वर्षेनी गर्ने उक्त वाकाथन कार्यक्रममा काठमाडौँ वरपरका विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थीहरूबाट करिब ८ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागिता जनाएका थिए ।

मितिः असार १५, २०७६

टिच फर नेपालले वर्ष २०७७ ७९ का लागि फेलोसिपको आवेदन खुला गरेको छ । शनिवार आयोजित वाकाथन कार्यक्रममा टिच फर नेपालका रिक्रुटमेन्ट डिरेक्टर शैलेन्द्र झाले उक्त आवेदन खुला गरेको घोषणा गरेका हुन । ग्रामीण क्षेत्रका विद्यार्थीहरू दैनिक २ देखि ४ घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा टिच फर नेपालले वर्षेनी गर्ने उक्त वाकाथन कार्यक्रममा काठमाडौँ वरपरका विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थीहरूबाट करिब ८ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागिता जनाएका थिए ।ललितपुरको लबिम मलबाट सुरु भएको उक्त वाकाथन कार्यक्रम कोपुन्डोल, माइतीघर, भद्रकाली, त्रिपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा साङ्गीतिक कार्यक्रममा परिणत भइ समापन भएको थियो । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गरेका थिए ।

“वकाथानले काठमाडौँका कलेजका विद्यार्थीहरू लाई शैक्षिक समानताको लागि एकै स्थानमा एकीकृत गर्न र देशको शिक्षाका बारे युवा विद्यार्थीलाई सचेत गराउन यस प्रकारको कार्यक्रमले सहयोग गर्ने गर्दछ ।” यस कार्यक्रम संयोजक नवांग शेर्पाले बताए । यस वाकथानको मुख्य लक्ष्य काठमाडौँमा रहेका युवाहरूलाई ग्रामीण नेपालका विद्यार्थी जो २, ३ घण्टा हिडेर विद्यालय पुग्ने गर्छन तर यति हिडेर आउँदा समेत शिक्षक उपलब्ध नहुँदा के कस्तो अनुभव गर्छन भन्ने कुरा बुझाउन यस प्रकारको कार्यक्रमले उल्लेखनीय भूमिका हुने शेर्पाले थपे । उनीहरूको पीडालाई थोरै भए पनि महसुस गरुन् भन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।नेपालमा रहेको शैक्षिक असमानताको लागि सानो रुपमा सुरु भएको यो अभियानले ठुलो रुप लिदैगरेको र यो अभियानले मूर्त रुप लिन थालेको छ । यो अभियानमा युवा सहभागिताले टिच फर नेपालका आयोजक टोली उत्साहित भएका छन् । यो साथ भविष्यमा नेपालको उज्वल भविष्यका लागि पनि जरुरी रहेको बताउनुभयो ।यस चौथो वर्षको वाकथनका लागि नविल बैंकले सहयोग गरेको थियो ।वाकाथनमा भाग लिन कलेजका विद्यार्थीहरूले एक हजार रुपैयाँ सहयोग रकम सङ्कलन गरेका थिए र उक्त रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी प्रयोग गर्ने आयोजकले बताए ।

टिच फर नेपाल बारे

 सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगै समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा र २०७५ देखी दाङ, लम्जुङ, पर्सा र यस वर्ष तनहुँ गरी ७ वटा जिल्लाहरूमा सञ्चालन गर्दै आएको छ । यस अभियानको लागि यस संस्थाले विद्यालयसँग साझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरूलाई छनौट तथा तालिम पश्चात अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ, तनहुँ र पर्साका जम्मा ६५ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १३८ जना प्रज्ञार्थीशिक्षकहरू कार्यरत हुनुहुन्छ । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आउनुभएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का
मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव
मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
रेशम चौधरी लगायतले अनसन नतोडे अर्को कारागार सारिने
निर्मला पन्त हत्या प्रकरण : थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
निर्मला पन्त हत्या प्रकरण : थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’