प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले

सारांश

  • काठमाडौं, १ भदौ ।
  • सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि अदालत परिसरबाट बाहिरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
  • बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहाको आदेश दिएको थियो ।

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि अदालत परिसरबाट बाहिरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहाको आदेश दिएको थियो । रिहाको समाचार सार्वजनिक भएको लगत्तै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च अदालतको बाहिरबाट फेरि पक्राउ गरेको डिएसपी मोहनकुमार थापाले बताए । नेता विकलाई काभ्रेमा रहेको टावरमा आगजनी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो । प्रकाण्डको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरीको दावी छ । चुनाव अघिदेखि नै अर्धभूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (माओवादी) बाट फुटेको थियो । न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

 

https://shikharkhabar.com/2018/08/17/84546/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?